
भोजपुर । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा जिल्लामा जारी खुला बी डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा चन्दन कटुवाल र सुरज राना मगरको टिम फाइनलमा पुगेको छ ।
प्रतियोगिता अन्तर्गतको बुधवार हुने फाइनल खेल चन्दन कटुवाल र मुमिहाङ राईको टिम तथा सुरज राना मगर र खगेन्द्र राईका बीचमा हुने आयोजक युवा संघका जिल्ला अध्यक्ष रविन थापाले बताउनुभयो । राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ‘दोश्रो केपी ओली कप’ फुटवल संचालन गर्ने सन्दर्भलाई लक्षित जिल्ला कमिटि भोजपुरले भने व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता समापन समारोहमाभोजपुरबाटब्याडमिन्टनका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका ख्याती प्राप्त खेलाडी सहित चौध जनालाई राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि भोजपुरले सम्मान समेत गर्ने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २२ हजार दुई सय २२, ट्रफी, मेडल र प्रमाण पत्र र दोश्रो हुने टिमले नगद ११ हजार एक सय ११ को साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने छन । सदरमुकाममा रहेको कर्भड हलमा संचालन भई रहेको प्रतियोगितामा १९ टिमको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच