काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३६औँ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । सोही अवसरमा केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएकोमा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता रहेको बताइएको छ ।
देशभरमा ५३ बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रमका साथै अपांगता संरक्षण नेपालको सहायतामा एक सय २३ जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरिएको पनि कम्पनीले जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनका लागि थप नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरिसकेको छ ।
कम्पनीको जीवन बिमा कोषमा ७१ अर्ब हाराहारी रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमितलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ को बीमांकीय मूल्यांकनपछि बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको जनाएको छ ।
कम्पनीले पुससम्म कुल बिमाशुल्क आम्दानी १०२ अर्ब ३० करोड आर्जन गरेको छ भने कुल ४५ लाख ५६ हजार बिमालेख जारी गरेको छ । कुल ३७ अर्ब ४९ करोड बराबर बिमा दाबी भुक्तानी गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच