
काठमाडौं । रोयल मुभिज प्रा.लि. र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करण केही समय पहिले दुबईमा सम्पन्न भएको थियो । बिबिध कारणले दुबईमा उपस्थित हुन असमर्थ रहेका कलाकारहरूलाई शनिबार नाचघर जमलमा एक कार्यक्रमबीच अवार्ड तथा सम्मान प्रदान गरिएको छ । आयोजक संस्थाले दुबईमा संकलन गरेको तीस हजार नगद रुकुमका भूकम्प पिडितहरूको लागि सहयोग पनि गरेको छ । सिन्धुपाल्चोक सेवा समाजका प्रकाश पुरी, कल्पना केसीलगायत र रोयल मुभिज प्रा.लि.ले उक्त रकम उपलब्ध गराएको हो ।
नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका अध्यक्ष निरेन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवार्ड तथा सम्मान पाउनुहुनेमा पावर्ती कार्की- काठे गायिका, राम सुन्दर थामी- आधुनिक गायक, रमला पाख्रिन तामाङ- पप गायिका, पक राना मगर- गीतकार (प्रोत्साहन), सुमन बि.टी.- लोकदोहोरी नव गायक, तेज मान तामाङ- भाषाभाषी (मेन्दोमाया गीतकार)लाई प्रदान गरिएको थियो ।
समारोहमा अरुणकुमार गिरी र विकाश बिश्वकर्मालाई- कला सम्मान, चन्द्रकुमार दोङ- बिशेष सम्मान, सानुकाजी श्रेष्ठ- पत्रकार सम्मान, शिवराम भण्डारी- सञ्चारकर्मी सम्मान, चन्द्रमणी गौतम- सञ्चारकर्मी सम्मान, दिनेश भण्डारी- मोफसल पत्रकार सम्मान, नवराज हुँमागाईं- पत्रकार सम्मान, हनुमान यस्माली सुदीप)- कला सम्मान, हरिशरण फुयाल-ब्यबसायी सम्मान, जयराज भट्ट- कला सम्मान, सूर्य तामाङ- कला सम्मान गरिएको थियो ।
यस्तै, तारकेश्वर लोक खैँजडि भजन समूहलाई कदर-पत्र, राजन चौलागाईं .खैराँतें- कला सम्मान, रमेश श्रेष्ठ- कला सम्मान, सुष्मा तयामि- फेसन डिजाईनर बाट सम्मान गरिएको थियो ।
अवार्ड बिजेताहरू अमृत चापागाई- भिडियो सम्पादक, अमृत पुडासैनी- काठे नव मोडल पुरुष, विजय पुन- लोकदोहोरी मोडल, बिक्रम गौतम-मेकअप आर्टिस, बिनोद सुन्दास- भिडियो निर्देशक, गणेश सेञ्चुरी- लोकदोहोरी गायक, गंगा राम राई- भिडिया छायाँकार, कल्पना पराजुली-लोकदोहोरी गायिका (जुरी), भ्याली कोल्ड स्टोर- सम्मान पत्र, करिष्मा ढकाल- मोडल महिला, कृष्ण दोङ्ग तामाङ- भाषभाषी .सेलो पप गायकं), एलिना चौहान-आधुनिक गायिका, कृष्ण रसाल- नृत्य निर्देशक रहनुभएको छ । निर्णायकहरूमा अर्जुन पाण्डे, गीता भट्टराई, राजु शर्मा, राकेश सोनी, उत्साह घिमिरे रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच