![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
काठमाडौं । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।
‘‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधि सभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा रिक्त प्रदेश सभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
![इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव गराउने निर्णय](https://ehimalayatimes.com/wp-content/themes/himalaya/images/Hita-pen-logo.png)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्रबहादुर शाहीले संसदमा कविता सुनाउनु भएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले कविता मार्फत सरकारको आलोचना गर्नुभएको छ । उहाँको कविताले बालकुमारी घटनामा सरकारले नौ जवान दुई युवाको सपना गोलीले उडाइदिएको बताउनु भएको छ । साथै सरकारप्रति लक्षित गर्दै उहाँले त्यस कुरामा संसदमा आवाज उठाउँदा शक्तिमा बस्नेहरुले आफ्नो राजीनामा मागेको कुरा उल्लेख गर्नुभएको छ ।
हेर्नुहोस् शाहीको कविता
![संसदमा ज्ञानेन्द्र शाहीले सुनाए मर्मस्पर्शी कविता : दबिएर दबिँदैनन् यी आवाजहरु…](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Gyanendra-Shahi.jpg)
काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताउनुभएको छ ।
आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा लागेको बताउनु भयो । उहाँले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताउनु भयो । आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? भन्दै प्रश्न गर्नुभयो ।
![थ्रि हन्ड्रेड जी जहाज किन्ने कुरामा १८ करोड कमिसनको कुरा छ : सांसद खतिवडा (भिडियाेसहित)](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/ramhari-Khatiwada.jpg)
काठमाडौं । आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।
सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।
![आजदेखि देशव्यापी दादुरा–रुवेलाविरुद्धको खोप अभियान](https://ehimalayatimes.com/wp-content/themes/himalaya/images/Hita-pen-logo.png)
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
![सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Pratinidhi-Sabha.jpg)
काठमाडौं । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारलाई यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले सरकारले संसद बस्नु भन्दा अगाडि पीडितहरुको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गर्नुभयो । उहाँले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आल्टान नगर्न आग्रह गर्नुभयो । उहाँले राप्रपाले संसदमा पनि कुरा उठाउने र कुरा नसुने संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।
![मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राप्रपाले सोमवार संसद अवरुद्ध गर्ने](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/rajendra-lingden.jpg)
काठमाडौं । झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसहित १८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।
स्वबासी जग्गादर्ता प्रक्रियाबाट उनीहरुले सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ लिइ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
![झापा चन्द्रगढीका तत्कालीन नापी अधिकृत र नौजना कर्मचारीसहित १८७ जनाविरुद्ध मुद्दा दायर](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Bises-adalat-ra-akhtiyar.jpg)
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उहाँले सो दाबी गर्नुभएको हो ।
प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
![नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/agni-sapkota-1.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताउनु भयो । उहाँले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
![सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सांसद गौतम](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/sovita-gautam.jpg)
काठमाडौं । न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
![दुई न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस](https://ehimalayatimes.com/wp-content/themes/himalaya/images/Hita-pen-logo.png)
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ ।
आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभयो ।
![एमालेले संसदबाट माग्यो गृह, यातायात, स्वास्थ्य र पर्यटनमन्त्रीको राजीनामा (भिडियाेसहित)](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Padam-Giri-1.jpg)
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका कोटवाडास्थित सुनथराली विमानस्थलमा दोस्रो पटक सफल परीक्षण उडान गरिएको छ । ३८ वर्षदेखि निर्माणाधीन विमानस्थल आइतबार बिहान ९:४५ बजे तारा एयरको विमान अवतरण गरेर दोस्रोपटक परीक्षण उडान गरिएको हो ।
२०७३ माघमा पहिलोपटक कच्चि धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरेर परीक्षण गरिएयता उडान भएको थिएन । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नागरिक उड्डयनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही लगायत विमानस्थल उद्घाटनमा आउने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताउनुभएको छ । उहाँका अनुसार उद्घाटनपूर्व आइतबार बिहान तारा एयरको ट्विनअटर विमान नेपालगञ्जबाट आएर प्रोभिन फ्लाइट गरेर फर्किसकेको छ ।
![३८ वर्षपछि उडान भर्ने प्रयास, सोमबार औपचारिक उद्घाटन](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/kalikot-parishan-udan.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताउनुभएको छ ।
नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग प्रधानमन्त्रीले सो धारणा राख्नुभएको हो ।
![अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/niji-khsetra-and-pm.jpg)
काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ ।
जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउदै पूरा गर्यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी साइब्रान्ड एंगलब्रेक्टले ४६ रन बनाउदा माइकल लेभिटले ३९ रन र म्याक्स ओडाउडले २८ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिह ऐरीले समान एक/एक विकेट लिए ।
![नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/cricket-netherland-1.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच