
काठमाडौं । गत सातादेखि नै निरन्तर घट्दोक्रममा रहेको सेयर बजार यस साताको पहिलो दिन आइतबार पनि २६.८१ अंकले घटेर १९७९.०२ अंकमा झरेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुईवटाको बढेको छ भने ११ वटाको घटेको छ । फाइनान्स १.४० र उत्पादन तथा प्रशोधनमूलक ०.८० प्रतिशतले बढेको हो । जलविद्युत् २.४२, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटनमूलक, लगानी, लघुवित्त, अन्य र व्यापारको इण्डेक्स पनि एक प्रतिशतभन्दा धेरैले घटेको छ ।
आइतबार तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौसय ३० कित्ता सेयर तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो कारोबार दिन बिहीबार तीन सय नौ कम्पनीका ९५ लाख १८ हजार कित्ता सेयर तीन अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भएका थिए । अघिल्लो दिनको तुलनामा आइतबार दैनिक कारोबार रकम ११ करोड ९२ लाख रुपैयाँले घटेको छ । यस दिन कारोबारमा आएका तीन सय १७ कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य बढेको छ भने दुई सय ४२ वटाको घटेको छ । ११ कम्पनीको स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड १८ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावर ११ करोड तीन लाख, हिमालयन रि इन्स्योरेन्स ११ करोड एक लाख, गोर्खाज फाइनान्स १० करोड ७५ लाख र ङादी ग्रुप पावरको आठ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने चिरख्वा हाइड्रोपावर ८.५५, धौलागिरि लघुवित्त ६.६६, गोर्खाज फाइनान्स ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले सेयर मूल्य बढेको छ । समाज लघुवित्तको १० प्रतिशतले घटेको छ भने मोलुङ हाइड्रोपावरको पनि १० प्रतिशतले घटेको छ । सामलिङ पावर ९.५६, बलेफी हाइड्रोपावर ९.२१ र जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ७.७७ प्रतिशतले घटेको छ ।
आइतबारको बजार घटाइपछि कुल बजार पुँजीकरण घटेर ३१ खर्ब १० अर्ब ८५ करोड ५८ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच