![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
-पुरन साह
जनकपुरधाम । जनमत सत्ताबाट बाहिरएसंगै मधेश प्रदेशको राजनीति तरंगित हुन थालेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बिश्वासको मत पाएपनि उहाँको अबको बाटो सहज भएको दिन प्रतिदिनका घटनाक्रमले पुष्टि गरेको छ ।
एकातर्फ आज (मंगलवार) को प्रदेशसभा बैठकमा सत्ताधारी गठबन्धनमै रहेको जनमत पार्टीले बेल घेराउ गर्दै मुख्यमन्त्रीको राजीनामा माग गरेको छ भने अर्को तर्फ मुख्यमन्त्री कार्यालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको बैठक बोलाउनु भएको छ ।
चार बजे बोलाइएको सत्ताधारी सबै दलको बैठकमा जनमतलाई पनि डाकिएको स्रोतको भनाई छ । एक सांसदले भने उपेन्द्र जी सहितको बैठक भनेर हामिलाई बोलाइएको छ । उहाँले गठबन्धन, मधेश सरकार सहितको विषय हुनसक्ने बताएपनि बैठकमा मधेश सरकारप्रति चर्को आलोचना हुनसक्ने अनुमान छ । जनमत, लोसपा र माओवादी केन्द्रले फायर खोल्ने र मधेश सरकार, मुख्यमन्त्री, अर्थमन्त्री सहित सरकारको काम कारवाहीको विषय गठबन्धनका लागि टाउको दुखाई हुनसक्ने देखिन्छ ।
सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न लाग्दा जनमतका सांसदहरू उठेर गत माघ ८ मा सप्तरीमा तत्कालीन शिक्षा तथा समाज कल्याणमन्त्री यादवमाथि भएको आक्रमणको विषयमा संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरे ।
जनमतले बिश्वविद्यालयको कार्यक्रममा कार्यक्रममा मुख्यमन्त्रीकै अगाडि विभागिय शिक्षा मन्त्री माथि हातपात हुँदा समेत मुख्यमन्त्री रमिते बन्नु भत्र्सना लायक रहेको भन्दै गैरजिम्मेवार मुख्यमन्त्री भन्दै राजीनामाको मागसहित नाराबाजी गरिरहेको थियो । सभामुख रामचन्द्र मण्डलले जनमतको नाराबाजीपछि बैठक केहिबेरको लागि स्थगित गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच