काठमाडौं । सोमबारदेखि बढ्न थालेको सेयर बजार मंगलबार पनि ९.३४ अंकले बढेर २००१.६४ अंकमा पुगेको छ । यस दिन तीन सय आठ कम्पनीका ५२ लाख ३९ हजार चार सय १६ कित्ता सेयर एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ रुपैयाँमा खरिदबिक्री भएको छ । सोमबार दुई अर्ब एक करोड ७७ लाख ३९ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
मंगलबार १३ समूहगत सूचकमध्ये सात समूहको बढेको छ भने छवटाको घटेको छ । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ । व्यापार १.१०, निर्जीवन बिमा ०.७४, बैंकिङ ०.४७, हाइड्रोपावर ०.४६, लघुवित्त ०.३६ र विकास बैंक ०.१४ प्रतिशतले बढेको छ तर फाइनान्स ०.२८, म्युचुअल फण्ड ०.१३, लगानी ०.०८, जीवन बिमा ०.०७, होटल तथा पर्यटनमूलक ०.०५ र अन्य ०.०५ प्रतिशतले बढेको छ ।
यस दिन सर्वाधिक कारोबार भएको सोनापुर मिनरल्स एण्ड आयलको १४ करोड १९ लाख ६२ हजार रुपैयाँबराबरका सेयर खरिदबिक्री भएका छन् भने शिवम् सिमेन्ट्स आठ करोड २९ लाख ८२ हजार, हिमालयन रि इन्स्योरेन्स छ करोड ४० लाख २६ हजार रुपैयाँ, घोराही सिमेन्ट्स पाँच करोड चार लाख ९० हजार, हिमालयन डिष्टिलरी तीन करोड ५८ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन हाइड्रोपावर, गोर्खाज फाइनान्स, एनआइसी एसिया बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स र सगरमाथा जलविद्युत् शीर्ष कारोबार हुने १० कम्पनीमा परेका छन् । १०आँै कारोबार भएको सगरमाथा जलविद्युत्को दुई करोड ८९ लाखा ५६ हजार रुपैयाँको कारोबार भएको छ भने बोटलर्स नेपाल (बालाजु) र बिपिडब्लु लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.०६, कालिञ्चोक दर्शन ४.३०, ज्योति विकास बैंक बण्ड २०८७, ३.६२, मोलुङखोला जलविद्युत् ३.५३ र खानीखोला हाइड्रोपावरको ३.१४ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच