![यस्ता छन् गम्भीर रोगका सुरुवाति लक्षण](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/health-tips.jpg)
काठमाडौं । मकै लगाउने सिजन नजिकिँदै गर्दै गर्दा लुम्बिनी प्रदेशका मकै पकेट क्षेत्रमा मकै खेती प्रवर्द्धनका लागि मकै खेती बजारीकरण तथा प्राविधिक तालिम आयोजना गरिएको छ । प्रदेश कृषि सहकारी संघ लुम्बिनी प्रदेश, श्रीनगर एग्रिटेक इण्डस्ट्रिज लिमिटेड र स्थानीय साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा पोल्ट्रीका लागि साझेदारी कार्यक्रमअन्तर्गत एक दिवसीय तालिम आयोजना भएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा ४५ करोड १७ लाख केजी मकै आयात हुँदा १८ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
पोल्ट्रीका लागि स्वदेशमै मागअनुसारको दाना उत्पादन बढाउने तथा बजार सुनिश्चित गरी साना किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले लागू गरिएको कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतिश श्रेष्ठले बताउनुभयो ।
माघ तेस्रो सातादेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका मकै पकेट क्षेत्रमा स्थानीय सहकारीको सहकार्यमा एक दर्जन तालिम आयोजना भएको उहाँले जानकारी दिनुभयो । तालिममा छ सय २५ भन्दा बढीको सहभागिता रहेको श्रीनगरले जनाएको छ । तालिमको मुख्य सहजकर्तामा श्रीनगर एग्रिटेकका मकै विशेषज्ञ मनोज चौधरी रहनुभएको थियो भने लुम्बिनी प्रदेश कृषि सहकारी संघतर्फबाट एकजनाले सहजीकरण गरेका थिए । स्थानीय साना किसान कृषि सहकारी संघले पकेट क्षेत्र तथा कृषकको सहभागिता तथा स्थानीय व्यवस्थापन गरेका थिए ।
श्रीनगरले दाना उत्पादनमा मात्रै पाँचदेखि छ हजार मेट्रिकटन मकै खरिद गर्दै आएको छ । कम्पनीले उद्योगलाई दाना उत्पादन गर्दा आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै आपूर्ति बढाउन साना किसान सहकारीसँगको सहकार्यमा मकै खेती प्रवद्र्धन कार्यक्रम अघि बढाएको हो । श्रीनगरले कुखुरा, माछा, गाई भैँसीको दाना उत्पादन गर्दै आएको छ ।
पहेँलो जातको उन्नत तथा हाइब्रिड मकै आवश्यक पर्ने भएकाले गुणस्तरीय मकै उत्पादनका लागि तालिम सञ्चालन गरिएको र आवश्यकताअनुसार रिफ्रेसर तालिम पनि आयोजना गरिने श्रीनगरका परियोजना व्यवस्थापक दिनेश क्षेत्रीले बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० मा ४५ करोड १७ लाख केजी मकै आयात हुँदा १८ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच