
काठमाडौं । उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताउनुभएको हो ।
उहाँले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने बताउनु भयो । संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्ने बताउनु भयो । उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरु जनताको प्रतिनिधि हो । अपोजिसन पार्टी र रुलिङ पार्टी मिलेर काम गर्नुपर्छ र जनताको हितमा काम गर्नुपर्छ । कुनै पार्टीगत स्वार्थ होइन । कोही बेला संसदप्रति कार्यपालिका हाबी, न्यायपालिका हाबी यस्तो तरिकाले देश बन्दैन । सबै जना मिलेर जनताको हितको लागि काम गर्नुप¥यो । राम्रो कानुन बन्नुप-यो । राम्रो नीति निर्माण गर्नुप¥यो । जसको पावर छ, जसको बाहुल्यता छ, त्यहाँ मात्रै विकास जाने कुरा होइन । सबै ठाउँमा जानुप¥यो । विकटलाई पहिलो प्राथमिकता हुनुप¥यो भन्ने नै मेरो धारणा छ । मिटरब्याजी/लघुवित्त पीडितको माग समयमै पूरा हुनुपथ्र्यो । हरेकले नियम, कानून र अनुशासनमा रहनुपर्छ । निषेधित ठाउँमा नजानु भनेपछि जानु हुन्न उहाँहरु पनि । तर उहाँहरुलाई पीडा छ । भोक छ । भोको पेटले आदर्श भन्दैन । त्यसकारणले सरकारले संवेदनशील भएर उहाँहरुको मागलाई विचार गर्नुपर्छ । जनताले पनि निषेधित ठाउँमा जानु हुँदैन । कानूनलाई मान्नुपर्छ । अनुशासनलाई मान्नुपर्छ । सबैको यो जिम्मेवारी हो ।’
उहाँले लघुवित्त पीडितहरुको माग समयमै पुरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानून र अनुशासनमा बस्नुपर्ने बताउनु भयो । उहाँले निषेधित ठाउँमा आन्दोलनकारी जानु नहुने धारणा राख्नुभयो । उनीहरुको माग सम्बोधन गर्न सरकार संवेदनशील हुनुपर्ने उपसभामुख रानाको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच