मालीको हातमा अमेरिकी सेनाको गोप्य जानकारी भएका हजारौं इमेल

हिमालय टाइम्स
Read Time = 3 mins

वासिंगटन डिसी । पश्चिमी अफ्रिकी देश मालीले अमेरिकी सेनाको संवेदनशील जानकारी भएका हजारौं इमेलहरूमा पहुँच कायम गरेको छ।

मिडिया रिपोर्टका अनुसार डोमेनको नाममा भएको गल्तीका कारण महत्वपूर्ण जानकारी लीक भएको प्रतिवेदनमा भनिएको छ ।

लीक भएको जानकारीमा अमेरिकी कूटनीतिक कागजात, कर रिटर्न जानकारी, शीर्ष अधिकारीहरूको यात्रा विवरण आदिलगायत समावेश रहेका छन् ।

रिपोर्टका अनुसार अमेरिकी सेनाले एमआईएल डोमेन नाम प्रयोग गर्छ तर मेल पठाउँदा गल्तीले डोमेन नाममा एमएल मात्र टाइप गरेको थियो, जसले गर्दा मालीको डोमेन नाम एमएल भएकाले सबै संवेदनशील जानकारी मालीमा पुग्न गएको जनाइएको छ । उल्लेखनीय कुरा के छ भने माली रुसको सहयोगी हो। यस्तो अवस्थामा अमेरिकी सेनासँग सम्बन्धित यो लीक पनि अमेरिकाका लागि समस्याको कारण बन्न सक्छ ।

रिपोर्टका अनुसार संवेदनशील सूचना लीक गर्ने घटना यो पटक मात्रै भएको होइन । पहिलो पटक करिब एक दशकअघि अमेरिकी सेनाको यस्तो संवेदनशील सूचना मालीमा पुगेको थियो, त्यसयता धेरै घटना भएका छन् । यो खुलासा एक डच इन्टरनेट व्यवसायी, जोहानेस गेर्बेयरले गरेका हन्। वास्तवमा, केवल जरबेयरले मालीको डोमेन प्रबन्ध गर्दछन।

जनवरी २०२३ देखि अमेरिकी सेनाको संवेदनशील जानकारीसँग सम्बन्धित करिब एक लाख १७ हजार इमेलहरू मालीको डोमेनमा पुगेका छन्। बुधबार नै झण्डै एक हजार यस्ता इमेल पठाइएको छ ।

योहान्स गर्बेयरले अमेरिकी अधिकारीहरूलाई यो जानकारी दिएका छन्। योसँगै ह्वाइट हाउसलाई पनि यसबारे जानकारी दिइएको छ । यस वर्ष लीक भएको इमेलमा अमेरिकी सेना प्रमुख जनरल जेम्स म्याकनभिलको भ्रमणसँग सम्बन्धित जानकारी लीक भएको थियो। अमेरिकी पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कमाण्डर टिम गोर्मनले यी घटनाबारे एक विज्ञप्ति जारी गर्दै आफूलाई अवस्थाबारे जानकारी रहेको र यसलाई रोक्नका लागि आवश्यक सबै कदम चालिरहेको बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?