
ढाका । बंगलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राती आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बंगलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्हृवासँगको कुराकानीमा घटनाको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ ।
ढाकास्थित फायर सर्भिस एण्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्हृवासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेका, करिब ७५ जनालाई ‘ग्रिन कोजी कटेज सपिङ मल’ बाट उद्धार गरिएको र उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको बताउनुभएको छ ।
इस्लामका अनुसार उद्धारकर्मीले घटनास्थलमा काम गरिरहेका छन् । राती ९ः३० बजेतिर आगलागी भएको सूचना पाएपछि दमकल पठाइएको उहाँले बताउनुभयो ।
स्थानीय समयअनुसार बिहीबार राती ११ः३० बजे १२ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
अधिकारीका अनुसार साततले भवनमा एउटा रेस्टुरेन्ट, एउटा आउटलेट र अन्य थुप्रै पसल छन् ।
नाम उल्लेख नगर्ने शर्तमा अग्नि नियन्त्रकका अर्का एक अधिकारीले आगलागीमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताउनुभएको छ ।
शुक्रबार बिहानै आएको टिभी रिपोर्टअनुसार भवनको केही भागमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच