
काठमाडौं । लोकप्रिय गायक एवं गीतकार तथा संगीतकार रामप्रसाद अवस्थीको जनचेतनामूलक गीति वृत्तचित्र ‘लागूूऔषध छाडौं’ सार्वजनिक भएको छ । लागूूऔषध दुुव्र्यसन रोकथाम तथा नियन्त्रण व्युुरोसँगको सहकार्यमा निर्माण गरिएको सो वृत्तचित्रलाई नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुुर कुँवरले एक कार्यक्रमबीच विमोजन गर्नु भएको हो ।
सो क्रममा प्रहरी महानिरीक्षक कुुँवरले समाजसँग हातेमालो गर्दै लागूूऔषध दुुव्र्यसनको रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारी गर्न पाउँदा खुुशी लागेको बताउनुभयो । यो जनचेतनममूलक सन्देश भएको र यसले समाज परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
गीतसंगीत मनोरञ्जन दिनकै लागि लेख्ने र गाउने गरिन्छ । तर पछिल्लो समयमा मनोरञ्जन सँगसँगै सन्देश र सचेतना दिनका लागि पनि गीतसंगीतकै प्रयोग हुने क्रमबढी रहेको पाइन्छ । उहाँले पछिल्लो समयमा समाजमा विकराल बन्दै गइरहेको लागूूऔषध दुु्रव्यसनी र यसले समाजमा पारिरहेको प्रभावका विषयलाई समेटेर सन्देशमूलक ‘लागूूऔषध छाडौं’ बोलको गीति वृत्तचित्र बजारमा ल्याउनु भएको हो ।
समाज सचेत पार्ने युवालाई जिम्मेवार बनाउने र युवा पुस्ता लागूूऔषधको कुलतमा नफस्न सन्देश दिने गरी गीत ल्याएको लागूूऔषध सेवनबाट टाढै बस्न गीतले सन्देश दिएको छ । गायक अवस्थीको परिकल्पना र शब्द संगीतमा रहेको उक्त गीतमाा गायिका शान्ति श्रीपरियारले पनि स्वर दिनु भएको भने स्मति तिमिल्सिना (गुरुआमा) को निर्देशन छ ।
कला र गलामार्फत समाजमा यस्ता खाले गीति वृत्तिचित्रले आफूमात्रै होइन परिवारलाई समेत कस्तो प्रभाव पादर्छ भन्ने कुरोको उजागर पारेको हुँदा गायक रामप्रसाद अवस्थीसहित गीतसँग जोडिएका सबै कलाकारलाई नेपाल प्रहरीले सम्मान गरेको थियो । सो गीति वृत्तचित्र नेपाल प्रहरी सांस्कृतिक समाज र टोखा नगरपालिकाको सहकार्यमा तयार पारिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच