डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउन आवश्यक : मन्त्री बस्नेत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ, गुणस्तरीय र भरपर्दो बनाउँदै लैजान आवशयक रहेको पनि बताउनु भयो । उहाँले दूरसञ्चार सेवा अझैपनि नेपालका ग्रामिण भेगमा पुग्न र सर्वसुलभ उपलब्ध हुन नसकेको भन्दै आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता छ । यसमा दूरसञ्चार सेवालाई अझ बढी कसरी सर्वसुलभ बनाउने, कसरी गुणस्तरीय बनाउने, कसरी भरपर्दो र विश्वसनीय बनाउने भन्नेमा ध्यान दिन जरुरी छ । यसले नयाँ चुनौति पनि सिर्जना गरिरहेको छ । अवसरसँगै चुनौति पनि सिर्जना भइरहेका छन् । अवसरको जति बढी सदुपयोग गर्छौं चुनौति त्यति नै धेरै कम हुन्छन् । यो सेवालाई सबैको पहुँचमा पु¥याउन आवश्यक छ । अझै पनि हामीले ग्रामिण भेगमा सहज ढंगले सेवा पु¥याउन सकेका छैनौँ । त्यसलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन जरुरी छ ।’

उहाँले दूरसञ्चार सेवा अझैपनि सबै नागरिकको पहुँचमा पुग्न नसकेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?