![पाहुना हराउँदा लच्छिन हराएजस्तो भएको छ !](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Dr.-Narayan-Chalise-Hita-Article-2.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका पूर्वमेयर उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७७–७८ सालमा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिद गर्दा गुणस्तरहीन पाइएको भन्दै तत्कालीन मेयर यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मन्सुरसँगको मिलेमतोमा खरिद कानुनको प्रावधान विपरीत झुट्टा विवरण एवं सूचना तयार गरी गलत कागजातहरुको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता भएको छ ।
उक्त मुद्दामा अख्तियारले तत्कालीन उपप्रमुख शिलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, तत्कालीन सव-इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालि र रेजा ट्रेडिङ दैनिकका प्रकाशक अकबर मन्सुरविरुद्ध पनि अख्तियारलु मुद्दा चलाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच