रुसमा निजी सेना वाग्नर समूहद्वारा विद्रोह, मस्कोमा बढाइयो सुरक्षा

पिठ्युँमा छुरा प्रहार गर्नेलाई कारबाही हुन्छ : पुटिन

Read Time = 5 mins

मस्को । रुसको शक्तिशाली निजी सेना समूह वाग्नरले विद्रोह गरेको छ । मस्को उच्च सतर्कतामा छ । राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । युक्रेनमा भएको युद्धलाई लिएर रुसी भाडाका प्रमुख येभगेनी प्रिगोजिन र सेनाका शीर्ष अधिकारीहरूबीच लामो समयदेखि चलिरहेको द्वन्द्व खुलासा भएको छ ।

वाग्नर समूहका लडाकुहरू अगाडि छन् । वाग्नर प्रमुखले रुसविरुद्ध युद्धको घोषणा गरेका छन् । मस्को आउने राजमार्ग बन्द गरिएको छ । रुसी सेनाको दोस्रो हेलिकप्टर पनि खसालेको वाग्नरको दाबी छ । रोस्तोभका गभर्नरले जनतालाई घरबाहिर ननिस्कन अपिल गरेका छन् । वाग्नरले पनि आफ्नो सेनाले रोस्तोभ सहरका धेरै स्थान कब्जा गरेको दाबी गरे । रोस्तोभका मेयरले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन् ।

वाग्नर समूह युक्रेनमा नियमित रुसी सेनासँगै लड्ने भाडाका सैनिकहरूको निजी सेना हो । एक पटक पुटिनको सहयोगी प्रिगोगिनले हालैका महिनाहरूमा मस्कोसँग बढ्दो तीतो झगडामा संलग्न छन् ।

वाग्नरका प्रमुखले शनिबार आफ्नो २५ हजार सेना ‘मर्न तयार’ रहेको बताएका थिए किनभने उनले रुसको सैन्य नेतृत्वलाई उखाल्ने वाचा गरेका थिए । येभगेनी प्रिगोगिनले नयाँ अडियो सन्देशमा भन्नुभयोे, ‘हामी सबै मर्न तयार छौं । हामी रुसी जनताको लागि मरिरहेका छौं । हामी हाम्रो मातृभूमि र रुसी नागरिकहरूको लागि खडा छौं । आमजनतालाई मार्ने यस्ता मानिसहरूबाट छुटकारा पाउनु पर्छ ।’

वाग्नर कासानिक समूहको धम्कीपछि रुसले सैन्य सवारीसाधन तैनाथ गरेको छ र सरकारी सुविधाहरू र प्रमुख स्थानहरूमा सुरक्षा बढाएको छ । मस्कोमा उच्च सतर्कता जारी गरिएको छ ।

‘वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको कार्य देशद्रोह’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निजी सेना वाग्नर समूहले ‘कू’ प्रयासको बीचमा देशलाई सम्बोधन गर्नुभएको छ । पुटिनले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको कार्य देशद्रोह भएको बताउनुभएको छ । सम्बोधनमा उहाँले भन्नुभयो, ‘यो देशद्रोह हो । रुसले आफ्नो रक्षा गर्नेछ र यस शत्रुतापूर्ण कदमविरुद्ध बदला लिनेछ ।’

वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनको सेनाले रोस्तोभ अन डोन र भोरोनेजका रुसी शहरहरू कब्जा गरेको केही घण्टापछि पुटिनले बिहान रुसी जनतालाई एउटा टेलिभिजनमार्फत सम्बोधन गर्नुभएको थियो ।

रुसी सेना र रुसी जनताविरुद्ध विद्रोह गर्नेलाई विद्रोहको सजाय दिइने पुटिनले बताउनुभयो । सम्बोधनका क्रममा पुटिन निकै क्रोधित देखिनुहुन्थ्यो । उहाँले थप भन्नुभयो, ‘जसले जानाजानी देशद्रोहको बाटोमा हिँडेका छन्, त्यसले अवश्यम्भावी सजाय भोग्नुपर्छ । सेनाले उचित आदेश पाएको छ ।’

‘जर्मनीले रुसमा भएका घटनालाई नजिकबाट नियालेको छ’
जर्मनीले रुसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । ‘सरकारले रुसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ’, सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?