
काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल ३-० ले विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक-एक गोल गर्नुभयो । जितसँगै नेपालको तीन अंक भएको छ । समान तीन-तीन अंक जोडे पनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।
खेलको १४औँ मिनेटमा पूजा गिरीले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । त्यसको चार मिनेटपछि नै कप्तान भूमिका बुढाथोकीले नेपालको अग्रता दोब्बर पार्नुभयो । २९औँ मिनेटमा ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भयो ।
३८औँ मिनेटमा भुटानले गोल फर्काउने अवसरको सदुपयोग गर्न सकेन । पेनाल्टी क्षेत्रभित्र हृयाण्ड भएपछि प्राप्त पेनाल्टीमा भुटान सफल भएन । छिरिङ ल्हामोको प्रहार गोलरक्षक झरना डुम्राकोटीले बककायातर्फ डाइभ दिएर विफल पार्नुभयो ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो । भारतले भुटानलाई ७-० ले हराएको थियो । मंगलबार भारत र बंगलादेश खेल्नेछन् । शीर्ष दुई टोलीबीच फाइनल आइतबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच