पछिल्लो समयमा अपराध र आपराधिक घटनामा वृद्धि भइरहेको छ । समाजको मनोविज्ञान नै आपराधिक बन्दै गएको हो कि भन्ने देखिन आउँछ । अन्तिम पटक चितवनमा शालिन पोखरेलको मृत्युको घटना अहिले ताजा अवस्थामा छ । यस्ता घटनामा जसले यसको अनुसन्धान गर्नुपर्ने हो सोही पक्ष उदासीन बन्ने गरेको भनेर पीडित पक्षले लगाउने गरेको आरोपमा पनि केही सत्यता भनेछ । चितवन रत्ननगरको एकता शिशु निकेतनको कक्षा आठमा पढ्ने शालिन पोखरेल सोही विद्यालयको होस्टेलमा मृत भेटिएको घटनाले केही प्रश्नहरू उब्जाएको छ । पहिलो कुरा यो हत्या वा आत्महत्या जे भए पनि यस्ता घटना किन हुन्छन् भन्ने हो ।
कानुनले त आत्महत्यालाई पनि अपराध मान्छ तर अपराधीसँगै अपराध पनि समाप्त हुने हुँदा अपराधी कारबाहीमा पर्दैन । आत्महत्याको प्रयास गरेर असफल भएको वा अरूले बचाएको मानिसलाई पनि कारबाही भएको हालसम्म थाहा छैन । सामाजिक अवहेलना, लाञ्छना, पारिवारिक जिम्मेवारी लिन नसक्नाले वा घर झगडाले आत्महत्याका घटना हुने गरेका छन् तर साना नाबालकहरूले यस्तो जिम्मेवारी बोक्नुपर्ने अवस्था रहँदैन तैपनि किन हुन्छन् यस्ता घटना ? आत्महत्या भन्ने प्रश्न एकातिर छ भने अर्कातिर यस्ता कर्तव्य ज्यान, बलात्कार जे भए पनि व्यक्तिको जीवन नै समाप्त भइसकेपछि पहुँचवालाहरूले यस्ता घटनालाई अन्त्यमा आत्महत्याका रूपमा टुंग्याउने गरेका छन् ।
वर्तमान समाज अराजक बन्दै गएको छ । रातारात धनी बन्ने प्रयासमा अपराधजन्य घटना हुँदै आएका छन् र केही घटना यौनसँग जोडिन आउँछन् । विनामञ्जुरी वा विनासहमति बलपूर्वक हुने यौनसम्बन्धलाई बलात्कार भनिन्छ । यस्ता कार्यमा पुरुषहरूको मात्रै संलग्नता रहने गरेको छ । नारीले पुरुषलाई बलात्कार गर्न सक्दैनन् भन्ने व्यावहारिक, कानुनी, मनोवैज्ञानिक र जैविक विश्वास गरिन्छ तर कतै–कतै महिलाहरूबाट पनि पुरुषमाथि यौनजन्य अपराध भएका छन् । यस्ता घटनामा सजाय गर्न कानुन छैनन्, कानुनले अपवाद मान्छ । अपवादका घटनालाई हेरेर कानुन बनाउन आवश्यक छैन भनेर नियम प्रतिपादन भएको छ । महिलाले पुरुषमाथि जबरजस्ती गर्न लाग्दा डराएको पुरुष उत्तेजित बन्न सक्दैन र उत्तेजित नबनेको पुरुषबाट यौनक्रियाकलाप हुन सक्दैन भन्ने मान्यताका आधारमा महिलाले पुरुषलाई जबरजस्ती करणी गर्न सक्दैनन् भन्ने ठानिन्छ ।
यस्ता कार्यलाई यौनदुरुत्साहनमात्र मानिएको छ । वर्तमान समाजमा बलात्कार र बलात्कारपछिका हत्याका घटना भएका केही दृष्टान्त देखिँदै आएका छन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना भएको धेरै वर्ष बितिसकेको छ तर हालसम्म त्यस कार्यमा संलग्न अपराधी पत्ता लाग्न सकेको छैन । नेपाल प्रहरीले अनेकौं घटनाका अपराधी पत्ता लगाएको छ । नेपाल प्रहरी अनुसन्धानमा संसारमै अग्रणी छ भनिन्छ तर निर्मलाको हत्यारा पत्ता नलाग्नु चाहिँ रहस्यमय छ । प्रहरीले नै प्रमाण नष्ट गरेको भन्ने आलोचना हालसम्म पनि नेपाल प्रहरीले खेप्दै आएको छ । लोकतन्त्रको आगमनपछि नेपाल हरेक कुरामा अरू देशभन्दा एक कदम अगाडि बढ्न खोज्यो, प्रगतिशील बन्न खोज्यो, कानुन पनि त्यस्तै प्रकारका बनाइयो । विद्यामान कानुनहरू संशोधन गरियो र १६ वर्षको उमेर हदलाई १८ वर्षको बनाइयो ।
१८ वर्षको परिपक्क उमेरमा सहमतिमा भएका यौनक्रियाकलाप पछि सम्बन्ध चिसिनासाथ बलात्कारमा रूपान्तरण हुन पुगे । क्रिकेटर सन्दीप लामिछाने र सिनेकर्मी पल शाहहरू यस्तै नियोजित ‘मि टु’ का शिकार बनेका उदाहरण छन् तर शालिनको हकमा उनीमाथि बलात्कार भएको भने व्यापक चर्चा जुन थियो पोष्टमार्टम रिपोर्टले नै त्यसको खण्डन गरेको छ । तर, यो हत्या हो कि भन्ने अनुसन्धान त हुन बाँकी नै छ । विद्यालयमा वार्डेन वा प्रिन्सिपल, भाइसप्रिन्सिपलले केही कारणले कुटपिट गर्दा मृत्यु भएको र त्यसलाई लुकाउन आत्महत्या हो भनेको हुनसक्छ वा यो घटना नितान्त आत्महत्या पनि हुनसक्छ । अनुसन्धान प्रहरीबाट भइरहेकै छ र छिट्टै निष्कर्ष पनि आउनेछ, यस घटनाले केही प्रश्न भने सिर्जना गरेको छ ।
पहिलो कुरा आपराधिक घटनामा प्रहरीले कतैबाट जाहेरी नपरे पनि त्यसको जानकारी पाउनासाथ आफैं गएर अनुसन्धान गर्नुपर्नेमा जाहेरी पनि तीन चार दिनसम्म लिन नमानेका कारण के हुनसक्छ ? भन्ने हो भने अर्कातिर यस घटनालाई निर्मला पन्तकै जसरी निष्कर्षविहीन बनाइने पो हो कि भन्ने हो । कानुनले दोषी उम्किनु हुँदैन र निर्दोषले सजाय पाउनु हुँदैन भन्ने मान्यता राख्छ । सोहीअनुसार हुन सक्नुपर्छ । अर्कातिर यो घटना आत्महत्या नै भने किन यस प्रकारका घटना हुन्छन् भन्ने सम्बन्धमा पनि खोज हुनु आवश्यक छ । यदि यो घटना आत्महत्या रहेछ भने यो प्रहरीका लागिमात्र होइन समाज र समाजशास्त्रीहरूका लागिसमेत गम्भीर र सोचनीय विषय हो यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच