बझाङ हिमपहिरोमा बेपत्ता एक महिलाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । बझाङमा यार्चागुम्बा सङ्कलनका क्रममा बेपत्ता एक महिलाको शव फेला परेको छ ।

आज बिहान करिब ९ बजे जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा गएको हिमपहिरोमा आइतबार यार्चागुम्बा सङ्कलनका लागि गएका पाँच जना परेका थिए ।

हिमपहिरोमा परेकामध्ये अहिलेसम्म १ महिलाको मृत्यु भएको र २ जना घाइते भएको र २ जना सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ ।

बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?