स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटकाे ईशनाथ नगरपालिका-१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र.३ ०१-०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?