क्यानडामा हुने दोस्रो संस्करणको ‘गोल्डेन हर्स इन्टरनेशनल अवार्ड’को आवेदन खुला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गोल्डेन हर्स फिल्मस् प्रा.लि.ले क्यानडाको नाग्राफल्स सिटिमा आयोजना गर्न लागेको ‘दोस्रो गोल्डेन हर्स इन्टरनेशनल अवार्ड-२०२३’ का लागि आवेदन सार्वजनिक गरेको छ । चलचित्र तथा गीतसंगीत (लोक तथा आधुनिक) विधा तर्फका ३२ विधामा इच्छुक कलाकर्मीहरूले प्रतिस्पर्धीका लागि आवेदन दिन सक्ने गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक तथा अवार्डका अध्यक्ष अच्युत बजगाईंले बताउनुभएको छ ।

नेपाली चलचित्र तथा गीतसंगीतको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ अवार्ड समारोहको आयोजना क्यानडामा गर्न लागिएको र यस्ता अवार्ड कार्यक्रमले चलचित्र तथा गीतसंगीतकर्मीको मनोवल बढाउने आयोजकले बताएका छन् ।

आयोजककाअनुसार प्रतिस्पर्धीका लागि प्राप्त आवेदनमध्येबाट चलचित्र तथा गीतसंगीत विधाका निर्णायक समिति सदस्यले उत्कृष्ट पाँच प्रतिस्पर्धीहरूको छनौट गर्नेछन् र सो नामावली संस्थाको वेभसाइटमार्फत सार्वजनिक गरिनेछ भने उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्येबाट सर्वोत्कृष्ट अवार्ड विजेताको नाम क्यानडामा आयोजना हुने अवार्ड समारोहमार्फत घोषणा गरिनेछ ।

प्रतिस्पर्धा गर्न सबैलाई सहज होस भनेर आवेदन फर्म गोल्डेन हर्स फिल्मस् प्रा.लि.को वेभसाइटमा राखिएको आयोजकले जानकारी गराएको छ । प्रतिस्पर्धामा सबैको सहभागिता होस भन्ने दृष्टिकोणले आवेदन निःशुल्क रूपमा भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?