बैतडी । बैतडीमा प्रहरीले भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्लाको मेलौली नगरपालिका-३ लामालेकबाट भन्सार छलीका सामग्रीसहितको ट्रक नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
चार लाख ८ हजार ४ सय ८० रुपैँया बराबरका बिडी, प्याज, चिनी, मिठाइ, चप्पललगायतका भन्सार छलीका सामान तथा १५ लाख रुपैँया बराबरकोे ट्रक बरामद गरीएको उहाँले बताउनुभयो ।
बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिव ३ बजे तिर पाटन-पञ्चेश्वर सडक अन्तर्गत मेलौलीबाट पाटनतर्फ आइरहेको से १ ख २०१४ नम्बरको ट्रकबाट उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै ट्रक चालक पाटन नगरपालिका ८ का ४५ बर्षीय गणेश मडैलाई समेत नियन्त्रणमा लिइएको पनि प्रहरी प्रमुख गिरीले जानकरी दिनुभयो ।
हिउँदको समयमा महाकालीमा पानी कम हुने भएकाले ट्युव तथा डुगामार्फत भन्सार छलि गरि सामान भित्रयाउने गरेकाले निगरानी बढाइको प्रहरी प्रमुख गिरीले बताउनुभयो ।
उक्त मुल्य बराबरका भारतबाट छलि गरी ल्याइएका सामान र १५ लाख रुपैयाँ बराबरको ट्रक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उक्त सामग्रीसहितको ट्रकलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार राति पनि बैतडी प्रहरीले भन्सार छलीका सामग्रीसहितको जिपलाई नियन्त्रणमा लिएको थियो । जिपसहित साढे १० लाखको सामग्री आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच