मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ घर भएका २५ वर्षीय जीवन भन्ने रिक मन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

राईले फेसबुक मार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको हो ।

मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने पसलमा काममा लगाईदिने प्रलोभन देखाई भारत मुजफ्फरपुरस्थोत मोर्डन फेसन टेड्र मार्क नामक कम्पनीमा बुझाएको, कम्पनीमा काम गर्न ७ दिने तालिम लिनु पर्छ भनि १६ हजार रूपैयाँ लिएको, तालिम सकेपश्चात कम्पनीमा लगानीको लागि जबरजस्ती १ लाख ८० हजार रूपैयाँ लिएको तथा कम्पनीको होस्टलमा बन्धक बनाई राखेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूकोसमेत खोजी गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?