काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ बिहिवारदेखि काठमाडौंमा शुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा शुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको छ । सो एक्स्पो क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले नै गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्र निजी क्षेत्रले नै चलायमान बनाउनुपर्ने बताउनु भयो ।
उहाँले निजी क्षेत्रलाई सरकारको सहयोग र साथ रहने बताउनु भयो । उहाँले चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा रहेको बताउनु भयो । मन्त्री अर्यालले अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताउनु भयो । उहाँले मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजारमा निर्यात गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले चेम्बरले गरेको यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर दिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निजी क्षेत्रले नै रोजगारी सिर्जना गर्ने हो । निजी क्षेत्रले नै मुलुकको अर्थतन्त्र चलायमान गराउने हो । निजी क्षेत्रले गरेको प्रयासलाई सरकारले साथ दिन्छ । चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा छ । अर्थतन्त्र शिथिल अवस्थामा छ । यस्तो अवस्थामा मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजार पाएको छ । यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर हो । व्यापार भन्दा पनि नेपाली उत्पादन निर्यात गर्न सकिन्छ भनेर देखाउने अवसर हो ।’
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विदेशहरुमा समेत नेपाली उत्पादनहरुको मेला आयोजना भए नेपाली उत्पादनहरु निर्यातको बाटो खोल्नु बताउनु भयो । उहाँले यस्तो कार्यले निजी क्षेत्रमा प्रविधि भित्र्याउने अवसर प्रदान हुने विश्वास लिएको बताउनु भयो । उहाँले चेम्बरले व्यापार प्रवद्र्धन र उत्पादन निर्यातमा विशेष जोड दिएको बताउनु भयो ।
प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घरायसी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कुल १ सय ६० ‘स्टल’ रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच