काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्षको वैधानिकता नदिएकोमा 'पार्टी सिध्याउने खेल' भएको आरोप लगाउनुभएको छ ।
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेपछि चौधरीले सामाजिक सञ्जालमा लेख्दै 'पटकपटक न्याय मरेपनि म मरेको छैन' भन्दै टिप्पणी गर्नुभएको छ ।
आयोगका एक पदाधिकारीका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीता श्रेष्ठ चौधरीलाई नै अध्यक्षको मान्यता दिने आयोगले निर्णय गरेको छ ।
टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफीबाट जेलमुक्त हुनुभएको चौधरीले केन्द्रीय समिति अद्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिनुभएको थियो ।
आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै चौधरीलाई अस्वीकार गरेपछि उहाँकाे यस्तो प्रतिक्रिया आएकाे हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच