काठमाडौं । आज (शुक्रबारदेखि) देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘काँडेतार’, ‘रंगेली’ र ‘उपहार’ । शिवरात्रिको छेको छोपेर सिनेमाघरमा तीन चलचित्र आएका हुन् । चलचित्र ‘काँडेतार’लाई नवल खड्काले निर्देशन गर्नुभएको छ भने ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘उपहार’ र अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ ‘रंगेली’मा ।
आज (शुक्रबारदेखि) देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘काँडेतार’, ‘रंगेली’ र ‘उपहार’ । शिवरात्रिको छेको छोपेर सिनेमाघरमा तीन चलचित्र आएका हुन् । चलचित्र ‘काँडेतार’लाई नवल खड्काले निर्देशन गर्नुभएको छ भने ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘उपहार’ र अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ ‘रंगेली’मा । एकल प्रदर्शनमा व्यवसाय राम्रो हुन नसकेको अवस्थामा तीनवटा चलचित्र आपसमा प्रतिस्पर्धा गर्न उत्रिएपछि लगानी सुरक्षित नहुने जोखिम देखिन्छ । कुन चलचित्रले दर्शकलाई आकर्षित गर्ला र कस्तो व्यपार गर्ला एक-दुई दिनमै थाह हुनेछ, अहिले भने सबै निर्माताले आफ्नो चलचित्र उत्कृष्ट रहेको दाबी गरेका छन् । चलचित्र प्रदर्शनअघि भएका प्रिमियर शोमा पनि सबैले तारिफ बटुल्न सफल भएका छन् । यस्तै विदेशी फिल्महरू ‘कुङ्फु पाण्डा ४’ र ‘शैतान’ पनि आजदेखि सिनेमाघरमा आउँदैछन् । ‘ड्युन २’ र ‘अगस्त्य’ दोस्रो सातामा प्रवेश गर्नेछन् ।
एकल प्रदर्शनमा व्यवसाय राम्रो हुन नसकेको अवस्थामा तीनवटा चलचित्र आपसमा प्रतिस्पर्धा गर्न उत्रिएपछि लगानी सुरक्षित नहुने जोखिम देखिन्छ । कुन चलचित्रले दर्शकलाई आकर्षित गर्ला र कस्तो व्यपार गर्ला एक दुई दिनमा नै थाह हुनेछ अहिले भने सबै निर्माताले आफ्नो चलचित्र उत्कृष्ट रहेको दाबी गरेका छन् । चलचित्र प्रदर्शनअघि भएका प्रिमियर शोमा पनि सबैले तारिफ बटुल्न सफल भएका छन् । तीनै चलचित्र दर्शकमाझ प्रतीक्षित चलचित्र हुन् । स्टार कलाकारले भरिएका यी तीन चलचित्र विषयवस्तु र मेकरका हिसाबले पनि राम्रै मानिएका छन् ।
यस्तै विदेशी फिल्महरू ‘कुङ्फु पाण्डा ४’ र ‘शैतान’ पनि आजदेखि सिनेमाघरमा आउँदैछन् । ‘ड्युन २’ र ‘अगस्त्य’ दोस्रो सातामा प्रवेश गर्नेछन् । ‘काँडेतार’ले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको चलचित्रको मंगलबार काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्र हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रूपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए । विश्वज्योति हलमा गरिएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुग्नुभएको थियो । यस्तै, प्रिमियममा हेर्न विभिन्न दलका नेतादेखि चलचित्रकर्मी सिनेमाघर पुगेका थिए ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ । सामना फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गर्नुभएको हो । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’मा सौरभ लामाको छायांकन छ । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रलाई बन्देप्रसाद र तारा थापा ‘किम्भे’ले सम्पादन गर्नुभएको हो । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुनुहुन्छ ।
यस्तै आजदेखि सिनेमाघरमा आएको चलचित्र ‘उपहार’ रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लि.को व्यानरमा निर्माण भएको हो । यसको प्रस्तुतकर्तामा रेखा थापा रहनुभएको थियो । यस चलचित्रको पनि बिहीबार विग मुभिज कमलपोखरीमा प्रिमियर गरिएको थियो । चलचित्र हेर्ने दर्शकले राम्रो चलचित्र भन्दै प्रशंसा गरेका थिए । चलचित्रमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुसाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समिक्षा देउजा हुनुहुन्छ । चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी, माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
त्यस्तै आजदेखि सिनेमाघरमा आएको अर्को चलचित्र ‘रंगेली’ मोरङको रंगेली नगरपालिका नामबाट बनेको चलचित्र हो । यो चलचित्रको पनि बुधबार काठमाडौंको विग मुभिज कमलपोखरीमा प्रिमियर गरिएको थियो । चलचित्र हेर्ने दर्शकले राम्रो चलचित्र भन्दै प्रशंसा गरेका थिए । चलचित्रलाई रंगेली नगरपालीकाका दिलीपकुमार अग्रवाल (बगडिया)ले नगरपालीकाको नामबाट चलचित्र बनेकोमा खुशी व्यक्त गर्दै शुभकामना दिनुभएको छ । शुभकामना दिँदै उहाँले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण र सम्भावना रहेको नेपाली चलचित्र ‘रंगेली’को सफलताको कामना गर्नुभएको छ । केही दिनअघि सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको खबर सार्वजनिक भएपछि विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो चलचित्रलाई ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । ‘रंगेली’मा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । दयाहाङ राईको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रूपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका छ ।
चलचित्रको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुजजंग थापा हुनुहुन्छ भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहनुभएको छ । यस्तै युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता, विवेक खड्का (योलो) एसोसिएट निर्माता रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच