घाटबेँसीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । मलेखु-धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

बुधबार बिहान कपिलवस्तुको भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस त्रिशूली नदीमा खस्दा बेपत्ता भएका दुई जनाको शब फेला परेपछी मृत्यु हुनेको संख्या १० पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ का रुवी श्रेष्ठ, काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

यस्तै स्याङ्जाको वालिङ नगरपालिका-९ का विराज गैरे, रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ का नर्मदा सुवेदी र बुटवलका उपमहानगरपालिका-६ का प्रकाश पाठकको शव बिहिबार दिउँसो फेला परेको हो ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो । दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?