दुई हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ ।

सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?