आठ नम्वर वडाले गर्‍याे आठ महिलालाई सम्मान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ भोजपुर नगरपालिका वडा नम्वर आठले वडा भित्रका आठ जना महिलाहरुलाई सम्मान गरेको छ ।

११४ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार वडाले योगदानको कदर गर्दे सो सम्मान कार्यक्रम गरेको हो । वडाले कलावती तामाङ, लक्ष्मी तामाङ, जय कुमारी कार्की, अनिता राई, सितादेवी कोइराला, जानुका बानिया, जयन्ती राई र शोभा खड्कालाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको हो ।

प्रमुख अतिथि भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, वडाध्यक्ष नबीन प्रधानलगायतले महिलाहरुलाई सम्मान गर्नुभयो । कृषि, स्वास्थ्य, पशुपालन, यातायातलगायतका क्षेत्रमा वडामा रहेर उत्कृष्ठ कार्य गरेकोले उहाँहरुलाई सम्मान गरिएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।

सम्मान पश्चात बोल्नु हुदै उपप्रमुख शेर्पाले महिलाहरुको श्रमिक आन्दोलनका कारण नै अहिले महिलाहरुले पनि बिभिन्न क्षेत्रमा अधिकार पाउँदै आएको बताउनुभयो । वडामा प्राप्त हुने बजेटले महिला, बालबालिका, ज्येष्ठ नागरिक हरेक क्षेत्रलाई समेट्दै कार्यक्रम संचालन हुदै आएको वडाध्यक्ष प्रधानले बताउनुभयो ।

सम्मान कार्यक्रममा वडावासी, जनप्रतिनिधि, वडा पार्टी प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?