काठमाडौं । नेपाली कला क्षेत्रमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ कुमार सुनेल । बैतेश्वर ८, दोलखाका स्थानीय बासिन्दा कुमार सुनेल काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुति श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । उहाँले २०५४ सालदेखि यो क्षेत्रमा निरन्तररूपमा आफूलाई प्रस्तुत गरिरहनुभएको छ । सौगात सुनचाँदी पसलका प्रोप्राइटरसमेत रहनुभएका कुमार आफ्नो व्यवसायबाट समय निकालेर मोडलिङमा पनि सक्रिय रहँदै आउनुभएको छ ।
गीत संगीत भनेपछि हुरुक्कै हुने सुनेलले दर्जनौं गीतका भिडियोमा अभिनय गर्नुभएको छ । उहाँले ‘वनै चरीको, वाचा गरौँ, गंगा र जमुना, कागती दाना, ए पापिनी, करिमको खेल, सुन्दर दोलखा’ लगायतका गीतको भिडियोमा अभिनय कौशल प्रस्तुत गर्नुभएको छ । हालै उहाँ अभिनित ‘चिया कफी देऊ’बोलको भिडियो दर्शक श्रोतामाझ आएको छ ।
चर्चितभन्दा पनि सफल कलाकार बन्ने सपना पूरा गर्नका लागि यस क्षेत्रमा लागेको उहाँ बताउनुहुन्छ । धैर्यता, लगनशीलता र मिहिनेत गरेअनुसार सफलता पाइरहेको बताउने सुलेन भन्नुहुन्छ, ‘काम गर्दै जाँदा एक दिन अवश्य पनि गन्तव्यमा पुगिन्छ, त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ, शुभचिन्तक र अग्रजको सुझाव र प्रेरणाका साथ एक दिन सफल हुने विश्वास लिएको छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच