
काठमाडौं । अभिनेता हरिवंश आचार्यले नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने बताउनुहुन्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञानसमेत दिने उहाँको भनाइ छ । यही कारण पनि आफू यस्ता भूमिकालाई निर्वाह गर्न सहमत भएको उहाँ सुनाउनुहुन्छ । आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौं भन्ने सोच राखेर काम गरेको बताउनुहुने उहाँ सोही कारण पनि नयाँ र फरक भूमिकामा आफ्नोे प्राथमिकतामा रहने बताउनुहुन्छ ।
विगता लामो समयदेखि सानो पर्दादेखि ठूलो पर्दासम्मको अभिनयमा थुप्रै सकारात्मक, नकारात्मक भूमिका निर्वाह गर्नुभएका आचार्य अभिनित चलचित्र ‘महाजात्रा’ प्रदर्शनको तयारीमा छ । यस चलचित्रमा उहाँ नकारात्मक भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रको सार्वजनिक ट्रेलरबाट पनि उहाँ यस चलचित्रमा भ्रष्ट राजनीतिज्ञको रूपमा देखिन लागेको अनुमान गर्न सकिन्छ । चलचित्रभित्र रहेको आफ्नो भ्रष्ट राजनीतिज्ञको नकारात्मक भूमिकाले समाजमा सकारात्मक सन्देश दिने आचार्यको जिकिर छ । ‘चलचित्रमा मेरो नकारात्मक भूमिकाले पर्दामार्फत यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्छ । मनोरञ्जनात्मक शैलीमा ज्ञानसमेत दिन्छ’, आचार्यले भन्नुभयो, ‘चलचित्र त पूरै हेरेको छैन । निर्देशक प्रदीपसँग दुई चलचित्रमा काम गरिसकेको हुँदा उहाँको कामप्रति ढुक्क छु ।’ प्रदीपको चलचित्रका कथाले समाजलाई मनोरञ्जनसँगै सन्देश दिने भएकोले पनि ‘महाजात्रा’ आफ्नो रोजाइमा परेको आचार्यको भनाइ छ ।
‘महाजात्रा’ हिट चलचित्र ‘जात्रा’को तेस्रो सिक्वेल हो । ‘जात्रा’ले यसअघिका शृंखलामा पनि बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने संघर्ष, देशमा केही गरौं भन्ने युवाको दैनिकी उठाएको थियो । ‘महाजात्रा’मा यी सबै विषयमा राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास थप गरिएको उहाँ बताउनुहुन्छ । ‘बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति यो सिरिजमा गम्भीर रूपमा देख्न पाउँछौं’, उहाँले भन्नुभयो ।
‘महाजात्रा’मा आचार्यको अलवा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच