काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको गौशाला नगरपालिका १२ स्थित गैरीटोलबाट २० हजार रुपैयाँ घुस रकमसहित दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
बर्दिबासको टोलीले प्रहरी चौकी कान्तिबजारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसासर आइतबार घुस रकमसहित पक्राउ परेका उनीहरु दुवै जनालाई अख्तियार बर्दिबासमा राखिएको छ ।
महोत्तरी अदालतले जग्गा सम्बन्धी जारी गरेको आदेश कार्यान्वयन नगर्न छलफल गराइदिने भन्दै एक व्यक्तिबाट २० हजार घुस लिँदै गर्दा असई यादव र वरिष्ठ हबलदार झालाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच