-विजय नेपाल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
भे।११प ५५५८नम्बरको सेतो एनएस मोटरसाइकलमा सवार भोटेकोसी वडा नं ५ मार्मिङ निवासी २३ वर्षीय थार्चेन तेम्बा तामाङको पेटमा बाँधेर लुकाएको ल्याएर अवस्थामा खोजतलास गर्दा उत्त पदार्थ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सन्जिब यादवले जानकारी दिनुभयो ।
तातोपानी नाकाबाट सामान बोकेर ती युवा काठमाडौं आउँदै थिए। प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमान्डमा रहेको प्रहरी टोलीले मोटरसाइकलसहित पदार्थ बरामद गरेको छ।
‘सुरुमा मोटरसाइकल र युवाको शरीर खानतलासी गर्दा केही भेटिएन। शरीरको कपडा उतारेपछि पेटमा बाँधिएको अन्दाजी एक केजी सुनजस्तो पहेँलो चक्का फेला परेको हो । सुन चादीँ ब्यवसायी संघले परिक्षण गर्दा बहिरा मात्रा पहेलो भित्र कालो धातु रहेको पाइएको छ । कहाँबाट कसरी ल्याएको भन्ने बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयले बाह्रबिसेमा पत्रकार सम्मेलन गरेर मोटरसाइकलसहित ती युवालाई सार्वजनिक गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच