खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा रहेको सरस्वती माध्यमिक विद्यालयले व्यवस्थापन समिति अध्यक्ष पाएको छ ।
निर्वाचन प्रक्रियाबाट चारजना निर्वाचित भईसकेको दश महिनामा अन्य दुईजना मनोनित गरेपछि विद्यालयले शनिबार विव्यास अध्यक्ष पाएको हो ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट पुरुषमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका फुर्वादोर्चि शेर्पा र महिलामा दिक्तेलकी शर्मिला विश्वकर्मालाई मनोनित गरेपछि सर्वसहमतिमा लफ्याङकी इन्दिरा बस्नेत अध्यक्षमा चयन हुनुभएको हो । बस्नेतले यसअघि भएको निर्वाचन प्रक्रियामा १६७ मत ल्याउनु भएको थियो।
२७ जेठमा निर्वाचन प्रक्रियाबाट १६० मत पाएकी सोल्माका अकेला राई र १४० मत पाएका दिक्तेलका डोरनाथ आचार्यबीच विव्यास अध्यक्षमा दाबेदारी भईरहंदा बस्नेतले सहमतिमै विव्यास अध्यक्षको जिम्मेवारी पाएको निकटस्थ श्रोतले बताएको छ ।
अकेला र डोरनाथबीच अध्यक्षमा कुरा नमिल्दा नै शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित विव्यास चारजना सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट एकजना पुरुष र एकजना महिलालाई सदस्यमा मनोनित गर्नै सकस भएको थियो ।
तर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत बुधबार विद्यालयलाई पत्रचार गर्दै लामो समयसम्म पनि विव्यास अध्यक्ष चयन गर्न नसक्नुको कारण तीन दिनभित्र पेश गर्न भनेपछि विव्यासको टुंगो लागेको हो ।
शिक्षा नियमावली अनुसार निर्वाचित चारजना सदस्यबाटै विव्यास अध्यक्ष चुन्नुपर्ने हुन्थ्यो तर, निर्वाचित सदस्यद्धय अकेला र डोरनाथमध्ये एकले अर्कोलाई नस्वीकार्दा विद्यालयले दश महिनासम्म निर्वाचितमध्ये ज्येष्ठ सदस्य नारायण राईले विव्यासको अध्यक्षता गरिरहेको थियो ।
जिल्लाको सदरमुकाम तथा नगरपालिकाको केन्द्रमा रहेको विद्यालयमा राजनीतिक खिचातानीका कारण विव्यास अध्यक्ष पाउन लामो समय लागेको बताईएको छ । नेताहरुले राजनीतिक पावर सो गर्ने ठाउँ नै अहिले समाविलाई बनाएको श्रोतको भनाई छ ।
‘बल्ल विद्यालयले विव्यास अध्यक्ष पायो,अब विद्यालय सुधार गरिनेछ । विद्यालयका स्थायी शिक्षकहरु नीजि विद्यालयको शेयर सदस्य रहेको, अध्यक्ष रहेको भन्ने जानकारी आएको छ । एकजना सदस्यले भन्नुभयो,“त्यसको छानबिन गर्छौ, आफू स्थायी शिक्षक छ अनि छोराछोरी नीजि विद्यालय पढाएको छ । आफूजस्तै शिक्षकले पढाएको विश्वास नलागेर नीजि विद्यालयमा पढाएको देखियो। यो राम्रो भएन । यसको सुधार गर्छौ।”
तस्वीर : सरस्वती माविको विव्यास अध्यक्षमा चयन भएकी ईन्दिरा बस्नेतसहित सदस्य र प्रधानाध्यापक शिवहरि ढकाल ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच