गाजापट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३१ नाघ्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

गाजा । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको सङ्ख्या ७३ हजार ५४६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्यालेस्टाइनी विदेश मामिला र प्रवासी मन्त्रालयले इजरायललाई गाजापट्टीमा आक्रमण रोक्न बाध्य पार्न संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बाध्यकारी प्रश्तावमार्फत अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेपको लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?