
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
चौथो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री पाण्डेले राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेशमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा हुनुहुन्छ ।
मनाङे भौतिक पूर्वाधार मन्त्री हुनुभएको छ । यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री हुनुहुन्थ्यो ।
केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राख्नुभएको थियो ।
नवनियुक्त मन्त्री मनाङेले आजै दिउँसो शपथ लिने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच