काठमाडौं । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ ।
सहभागी भएसँगै एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
यसअघि नेपाली कांग्रेसका कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री हुनु हुन्थ्यो ।
कृष्णप्रसादलाई बर्खास्त गरेर मुख्यमन्त्री सरोजकुमार यादवले एमालेलाई सरकारमा सहभागी गराउनु भएको हो । नव नियुक्त मन्त्री यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
केन्द्रमा भएको नयाँ सत्ता समीकरणका कारण कांग्रेसका मन्त्रीलाई हटाएर एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो । रिक्त अरु मन्त्रालयमा पनि एमालेबाट मन्त्री बनाइने स्रोतले बतायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच