जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्काषित भएको बताउनुभएको छ ।
बिहीवार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले पार्टीका पूर्वनेता राजेन्द्र महतोले पार्टी छोडेर गएको भन्दै उनी स्वतः निष्काषित भएको बताउनुभएको हो ।
उहाँले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताउनु भयो । उहाँले महतोले मधेसको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले प्रदेश सरकारलाई संघको दृष्टिले हेर्नु नहुने भन्दै मधेस प्रदेश सरकारमा पार्टी सहभागि भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘आफैँ गइसकेपछि स्वभाविक रुपमा पार्टीबाट निष्काशित पनि हुनुभएको छ । चित्त नबुझ्ने गएपछि त हित नै हुन्छ हाम्रो । उहाँमाथि त प्रभाव पर्छ, पर्छ । मधेसमाथि कस्तो प्रभाव पर्छ हेर्न बाँकी छ । किनकी मधेशको मात्रै कुरा गर्नुभएको छैन उहाँ । उहाँ आफैँ कार्यक्रम गरेर घुमिरहनुभएको छ । त्यसको अर्थ स्वतः पार्टीमा नरहेको हो । प्रदेश र संघ अलग–अलग कुरा हो । सबै ठाउँमा प्रदेशलाई संघको दृष्टिमै हेर्नु हुँदैन । मधेस प्रदेश सरकारमा अहिलेसम्म हामी छौँ ।’
लोसपाको केन्द्रिय समितिको बैठकले सरकारले भारतसँग गरेको विद्युत व्यापार सम्झौताले मुलुकलाई व्यापक हित भएको निष्कर्ष निकाल्दै सो सम्झौताको स्वागत गरेको छ । त्यस्तै भारतले नेपालको पूर्वाधार विकासमा दिँदै आएको अनुदानलाई ५ करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पु¥याएकोमा पनि सो निर्णयलाई लोसपाले स्वागत गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिनुभयो । त्यस्तै बैठकले बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको पनि उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच