
कालीकोट । राष्ट्रिय भूमि आयोगले दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि जारी गर्ने ३५ दिने सूचनामा कालीकोटमा २ वर्षको अवधिमा ७ सय ३१ वटा निवेदन दर्ता भएका छन् ।
राष्ट्रिय भूमि आयोग कालीकोटका अनुसार अहिलेसम्म कालीकोटमा भूमिहीन दलित १७ घरपरिवार, भूमिहीन सुकम्बासी ५ घरपरिवार गरेर जम्मा २२ वटा घरपरिवार सुकम्बासी रहेको आयोगका कालीकोट अध्यक्ष चित्रसिंह गाउँलले बताउनुभयो ।
अध्यक्ष सिंहका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिका-११ मा ४३ घरपरिवारलाई निस्सा वितरण गरिएको छ । साथैं वडा कार्यालयदेखी नगरपालिका हुँदै आयोगको जिल्ला कार्यालयसम्म पुगेका ७ सय ३१ अव्यवस्थित घरपरिवारको निवेदन सूचना प्रणालीमा प्रविष्टमा भई निस्सा वितरण कार्यको थालनीसमेत भइरहेको जानकारी दिनुभयो ।
२०५४ साल देखी नै कालीकोटमा दर्ता भए र नभएका गरी ४ हजार बढी रहेको छन् । उहाँले भन्नुभयोे,‘ विगतदेखी अधुरा कार्यहरुको पनी पूर्णता दिलाउन लागि परेका छौँ । नरहरीनाथ गाउँपालिकामा एक सय ६५ वटा पुर्जा तयारी भएपनी वन समितिले मुद्धा गरेपछी रोकिएको छ सिंहले भन्नुभयो । ’
बिगतमा सुकम्बासी भन्दै पावर र पहुँचको आधारमा सुकम्बासीलाई पुर्जा वितरण गरिदै आएको थियो । पुर्जा पाएपनी अहिलेसम्म मुद्धा फैसला हुन सकेको छैन् । अहिले पनी पावर र पहुँचमा नभएर वास्तविक सुकम्बासीलाई रातो पुर्जा दिन सुझाव दिइएको थियो ।
सरकार परिर्वतन भएसँगै आयोग पनि भंग हुनुले एक समितिले गरेका कामहरु पुर्णता दिन नपाउँदै अर्को समिति नियुक्तीले अहिलेसम्म सुकम्बासीहरुको समस्या सावधान हुन सकेको छैन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच