आफ्नै पाखा पखेरुमा गुञ्जने मौलिक कला संस्कृति झल्कने गीतसंगीत प्रति अलिबढी नै झुकाव राख्नुहुने अहिलेकी लोकप्रिय नादिङ सेलो गायिका पाल्मु शेर्पा गीतसंगीतको क्षेत्रमा देखापर्नु भएको धेरै नभए पनि जति उहाँका गीत सार्वजनिक भएका छन् प्रायः सबै चर्चामा छन् । ल्होसार मेलामा, दार ठेकीको मोही, हिमाली छोरी, मोही त पार्ने मदानी जस्ता गीत चर्चित छन् । सिन्धुपाल्चोक, भोटेकोशी-१, का स्थानीय बासिन्दा पाल्मु शेर्पा शेर्पा कलाकार संघका कोषाध्यक्ष पनि हुनुहुन्छ । सबै भाकामा गीत गाउन सक्षम भए पनि उहाँले लोकसेलो गीतमा बढी स्वर भर्नुभएको छ । ब्युटिसियनसमेत रहनु भएकी चर्चित गायिका शेर्पाले वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँग ‘नाचिदेउ मैच्याङ’ रिमिक्स गीतमा सहकार्य गर्नु भएको छ । विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित कुशल गायिका पाल्मु शेर्पासँग हिमालयन टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीः
नयाँ के ल्याउँदै हुनुहुन्छ ?
केही समय पहिले मकालु शेर्पा गाउँ बोलको भिडियो आम श्रोता, दर्शकका लागि पस्केका थियौं जुन गीतले अलिहे पनि चर्चा बटुली रहेको छ । शेलो भाकामा रहेको मकालु शेर्पा गाउँको म्युजिक भिडियो पनि प्राकृतिक सुन्दताले भरिपूर्ण शैलुङका विभिन्न स्थानमा छायांकन गरिएका कारण धेरैले मन पराइदिनुभयो । नयाँ वर्ष २०८१ को शुभकामना स्वरूप नयाँ कोशेली ‘त्यो माथि डाँडामा’ लिएर आउने अन्तिम तयारीमा छु ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
गायिका बन्ने सोच सानैमा बनाएकी थिएँ । तर, साँच्चिकै गायिका हुन्छु होला भन्ने चाहिँ थिएन । गीतसंगीतमा रुचि र इच्छा बढ्दै गयो र ढिलै भए पनि अहिले गायिकाको पहिचान बनेको छ ।
किन ढिला आउनुभयो त यो क्षेत्रमा ?
जतिखेर गायिका बन्ने इच्छा जागेको थियो । त्यो बेला लागेको भए मेरो संगीतिक दायरा फराकिलो बनिसक्थ्यो । तर, ढिलो भए पनि अहिले मलाई जुन सफलता मिलेको छ, त्यसबाट खुशी छु ।
कस्तो खालको गीत गाउन रुचाउनु हुन्छ ?
मैले लोक आधुनिक सबै खाले गीत गाइसकेकी छु तर विशेषगरी हिमाली सेलो गीतहरू गाउँन रुचाउँछु । हिमालकी छोरी, आजिला शेर्मा र उजुला शेरा शेर्पा भाषाको गीत हो ।
लोक सेलो प्रति आकर्षित हुनुको कारण ?
विविध खाले गीतसंगीतप्रति युवा पुस्ताको बढ्दो आकर्षणका कारण आफ्नै भाका भने हराउने अवस्थामा छ जस्तो लागेर अग्रज पुस्ताले जोगाई राख्नु भएको आफ्नो मौलिक भाषा, संस्कृति र भेषभूषाको संरक्षण हामीले नगरे कसले गर्छ भन्ने लागेर नादिङ सेलोलाई अलि बढी प्राथमिकता दिएकी हुँ । यो हाम्रो पहिचान पनि हो । मेरो अधिकांश गीतको भिडियोमा गाउँले परिवेश र भेषभूषा प्रयोगले पनि यो कुराको पुष्टि गर्छ ।
तपाईंको पहिलो गीत ?
मैले पहिलो पटक रेकर्डिङ गरेको गीत चाहिँ ‘दार ठेकीको मोही’ हो । जुन गीतले आज मलाई संगीतिक क्षेत्रमा यो स्थानमा पुराउन मद्धत पुग्यो ।
‘दार ठेकीको मोही’ कस्तो गीत हो ?
‘दार ठेकीको मोही’ हिमाली नादिङ गीत हो । जुन शेर्पा समुदायको मौलिक र कल्चरल गीत पनि । सुरुवाती दिनहरूमा पनि हिमाली सेलो गीत नै गाउँने गथ्र्ये ।
ब्युटिसियन पनि हुनुहुन्छ समय कसरी मिलाउनु हुन्छ ?
मैले बौद्ध स्थित ‘नुमुज ब्युटि स्किन केयर एण्ड ट्रेनिङ सेन्टर’ चलाइरहेकी छु । जहाँ यो पेशामा आएर आत्मनिर्भर बन्न चाहनेहरूलाई प्रशिक्षण पनि दिइन्छ । गायन मेरो पहिलो प्राथमिकता हो भने गीतसंगीतबाट फुर्सद हुँदामात्र पार्लरको काम हेर्छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सफल सौन्दर्य व्यवसायी र कु्सल गायिका बनेर आफ्ना श्रोता रुचिका गीतसंगीत पस्कन निरन्तर लागिरहनेछु । वसन्तोत्सवका रूपमा मनाइने होलीको सांस्कृतिक र परम्परागत मूल्य कम हुँदै गएको छ । जातजाति र स्थानानुसार होलीमा गाइने गीतहरूको भिन्नै मौलिक महŒव भएकामा अहिले त्यो पनि हराउँदै गएको जस्तो लाग्छ । मौलिक पर्व फागु भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने पर्व बनोस् फागुपूर्णिमाको सबैमा शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच