मस्को आतंकवादी हमला : आज देशभर शोक मनाउन आदेश

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । मस्कोमा शुक्रवार भएको गोलीकाण्ड र त्यसपछिको आगलागीमा परी ठूलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतंकवादी हमला भएको थियो ।

आगलागीबाट करिव १३ हजार वर्ग मिटर क्षेत्र प्रभावित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार मस्को आतङ्ककारी हमलामा संलग्न सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको बताउनुभएको छ ।

पुटिनले उक्त घातक हमलाका लागि जिम्मेवार सबैलाई कारबाही गरिने बताउनु भयो । उहाँले आईतवार देशव्यापी शोक मनाउने आदेश पनि दिनुभएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?