काठमाडौं । रंगहरूको पर्व फागु अर्थात् होली आइतबार पहाडी तथा हिमाली क्षेत्रमा मनाइएको छ भने तराई मधेसमा आज मनाइँदै छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाउने गरिन्छ । त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रहृलादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रहृलादलाई उहाँको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । र, यसलाई रंगहरूसँग उत्सवका रूपमा मनाउने गरिन्छ । आइतबार हिमाल र पहाडमा विशेष उत्सवका साथ यो पर्व सम्पन्न भएको छ ।
कलाकारहरूले पनि आइतबारको दिन आ-आफ्नै तवरले रंगको यो उत्सव मनाएका छन् । अधिकांश कलाकारले आफ्नो होलीको तस्वीर सामाजिक सञ्जालमार्फत शेयरसमेत गरेका छन् ।
कलाकारहरूले पनि आइतबारको दिन आ-आफ्नै तवरले रंगको यो उत्सव मनाएका छन् । अधिकांश कलाकारले आफ्नो होलीको तस्वीर सामाजिक सञ्जालमार्फत शेयरसमेत गरेका छन् । धेरै कलाकार, गायक गायिका काठमाडौं उपत्यका र देशका विभिन्न ठाउँमा भएका कार्यक्रममा सहभागी भएर उत्सव मनाएका छन् ।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले परिवारसँग होली मनाउनुभएको छ । उहाँले रंग साटासाट गर्दै परिवारसँग रमाइलो गर्नुभएको थियो । अभिनेत्री केकी अधिकारीले काठमाडौंको मल्ल होटलमा होली समारोहको आयोजना गर्नुभएको थियो । प्रदर्शन तयारीमा रहेको आफू निर्मित फिल्म ‘बोक्सीको घर’को प्रवद्र्धन उद्देश्यले आयोजित कार्यक्रममा उहाँले रंग साटासाट गरेर होली मनाउनुभएको थियो । यस्तै वरिष्ठ कलाकार उत्तम केसी, निर्देशक रामकाजी घिमिरेलगायतले प्रतिभा ग्रुपमा होली मनाउनुभएको छ ।
गीतकार अमर वान्तु, गायक प्रमोद खरेल, ओम सुनार गायिका काव्य आचार्य, सारिका घिमिरे र अभिनेता विराज भट्टले पनि परिवारसँग होली मनाउनुभएको छ । अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाले अष्ट्रेलियाको सिड्नीमा होली मनाउनुभएको छ ।
यस्तै, चलचित्र ‘महाजात्रा’ टोलीले पनि आइतबार सिनेमाघरहरूमा पुगेर होली विशेष कार्यक्रम गरेको छ । दरबारमार्गमा आयोजित समारोहमा चलचित्रका कलाकारले नाचगान र रंग साटासाट गर्दै फागुपर्व मनाए । चलचित्रका प्रमुख कलाकार रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, विपिन कार्कीलगायतले दर्शकसँगै होली मनाए । निर्देशक प्रदीप भट्टराईले पनि उहाँहरूलाई साथ दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच