
काठमाडौं । नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस् भन्ने नाराका साथ वेस्टर्न युनियन मनि ट्रान्सफरले नयाँ वर्षका अवसरमा नयाँ योजना ल्याएको छ । नयाँ वर्षको उत्सवमा ग्राहकको खुसी बढाउने लक्ष्यसहित यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले वेस्टर्न युनियन मनि ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउण्टरमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबार स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रका लागि समावेश हुनेछन् ।
योजना आगामी वैशाख १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत पाँच हप्तासम्म हरेक हप्ता सातजना भाग्यशाली ग्राहकले साप्ताहिक लक्की ड्रमार्फत् १५ हजार रुपैयाँ जित्न सक्नेछन् भने अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्रमार्फत् एक लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीले २७ वर्षभन्दा बढी समयदेखि नेपालीलाई दुई सयभन्दा बढी देश र क्षेत्रबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच