काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले भारतमा हराएकी छोरी आरतीलाई खोजी गरिदिन अपिल गर्नुभएको छ ।
मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठी छोरी आरती भारतको गोवामा हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको सामाजिक सञ्जालबाट जानकारी दिँदै खोजी गरिदिन अपिल गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’
साथै उहाँले छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुग्ने समेत जनाउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच