कैलाली । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ ।
कैलालीको टीकापुरस्थित केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय समितिका बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा बसेको बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको थियो । बहुमत केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षको उपस्थिति थिएन। उहाँ जापानमा रहनुभएको बुझिएको छ ।
बैठकमा सरकारमा सहभागिताका बारे लगायतका विषयमा छलफल भएको एक पदाधिकारीले बताए ।
प्रतिनिधि सभामा नाउपाको ४ जना सदस्य छन् । नागरिक उन्मुक्तिले दलीय भागबण्डाको आधारमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउने सत्ता गठबन्धनमा सहमति भएको थियो । सोही सहमतिअनुसार नागरिक उन्मुक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
सरकारमा सहभागिताका सवालमा पार्टी भित्र दुई गुट देखिँदै आएको थियो। अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित बहुमत सदस्य संघीय सरकारको गठबन्धनका पक्षमा हुँदा संरक्षक रेशमलाल चौधरीसहित केही सदस्यको यसको विपक्षमा मत जाहेर गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच