सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?