गोलबजारमा लक्ष्मीको एक्सटेन्सन काउन्टर

Read Time = 1 min

संखुवासभा । लक्ष्मी बैंकले संखुवासभाको गोलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार भोटखोला गाउँपालिकाको गोलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

पछिल्लो सञ्जालसँगै लक्ष्मीका ५० जिल्लामा एक सय ४३ शाखा, पाँच हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, एक सय ७९ एटिएम, २५ हजारभन्दा बढी रेमिटेन्स एजेन्ट र ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन् ।

नवीन बचत खाता, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका व्यावसायिक वित्तीय सेवाको बढ्दो माग पूरा गर्ने उद्देश्यले बैंकले सेवा विस्तारलाई तीव्रता दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?