घोराही । घोराही उपमहानगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि (डिपिआर) गुरुयोजना तयारीका लागि सरोकारवालाहरुसँग छलफल र स्थलगत अवलोकन भएको छ ।
त्यसका लागि घोराही उपमहानगरपालिकाको आयोजना तथा नेपाल नगरपालिका संघको आयोजना एवं नेपाल नगरपालिका संघको समन्वय र वाताबरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा विहिबार नगरसभा हलमा नगर कार्यपालिका सदस्य, महाशाखा तथा शाखा प्रमुखहरु र ल्याण्डफिल साईड क्षेत्रका नागरिकहरुको उपस्थितिमा छलफल भएको छ ।
डिपिआर तयारीको लागि सहमती दिने र तयारी गर्नेसँगै प्रशोधन प्रविधिको छनोटका बिषयमा सरोकारवालाहरु बीच छलफल भएको हो ।
दिसाजन्य लेदोको उचित प्रशोधन तथा व्यवस्थापन हुँदा पानी जन्य रोगको नियन्त्रण, जनस्वास्थ्यमा असरमा कमी, प्रशोधनबाट मल उत्पादन र पानी सिचाईका लागि प्रयोग गर्न सकिने छ ।
कार्यक्रममा बाताबरण तथा जनस्वास्थ्य संस्थाका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक बुद्ध बज्राचार्य र इन्जिनियर रुपक श्रेष्ठले उक्त प्लान्टको बारेमा जानकारी दिनुभयो । छलफल कार्यक्रम पूर्व प्लान्ट निर्माण गर्ने वडा नम्बर १६ को ल्याण्डफिल साईड क्षेत्रको नगर प्रमुख नरुलाल चौधरी सहित नगरको बाताबरण तथा सरसफाई शाखाका प्रमुख लक्ष्मण अधिकारी सहितका कर्मचारी र त्यस क्षेत्रका स्थानीय र प्राविधिक टोलीले अबलोकन गरेको थियो । केही दिन पहिले नगर प्रमुख नरुलाल चौधरी यही दिसाजन्य लेदो व्यवस्थापनको विषयमा जानकारी लिन र अबलोकनका लागि बंगलादेश जानुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच