काठमाडौं । रिलायन्स फाइनान्स र स्टार हस्पिटल सानेपाबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअन्र्तगत रिलायन्स फाइनान्सका ग्राहकवर्ग, सेयरधनी तथा कर्मचारीले स्टार हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
मञ्जुश्री फाइनान्सले ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दी इयर २०२४’ प्राप्त गरेको छ । हालै आयोजित न्यु बिजनेस एज ग्र्रुपद्वारा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सर्वाधिक ब्याजदर तथा उच्चतम् सेवा प्रदान गर्दै आएको मञ्जुश्रीले हालसम्म २७ शाखामार्फत् एक लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच