प्रख्यातिको चाह र छायाँ प्रगति

Read Time = 14 mins

✍️ स्वयम्भुनाथ कार्की

जब कसैले रचनात्मक कुरा सोच्न सक्दैन तर आफ्नो नाम चलाउन आवश्यक ठान्छ त्यसबेला ऊ छायाँ प्रगति गर्न थाल्छ । छायाँ प्रगति भन्नाले यस्ता कामहरू जो प्रगति जस्तो लाग्छन् तर परिणाम भने शून्यसरह हुन्छन् । हरेक नियमित अवधिमा यी कामहरू गर्न पाई रहन्छ । किनभने त्यस्ता छायाँ प्रगतिले स्थायी रहने परिणाम दिएको हुँदैन । उदाहरणको रूपमा पञ्चायतकालको वृक्षरोपण कार्यक्रमलाई लिन सकिन्छ । हरेक वर्ष काठमाडौंका नाङ्गाा डाँडामा उच्च पदस्थहरू वृक्षरोपण गर्ने गर्दथे । हरेक वर्ष कैयौं बिरुवा रोपिन्थे, रेडियो तथा गोरखापत्र आदिमा खुब प्रचार हुन्थ्यो । तर, अर्को वर्ष वृक्षरोपण गर्न नाङ्गो डाँडो फेरि उपलब्ध हुन्थ्यो, अर्थात रोपिएका मध्ये एएटै बिरुवा पनि सर्दैनथ्यो ।

रबरको पञ्जा लागेको हातमा कुचो, मुखमा मास्क भनिने मुखारी लगाएर समाजका ठूला भनिनेहरू बेलाबेलामा सडक बढार्छन् । राम्रा भाषण संभाषण हुन्छन सञ्चार जगतले केही समयको निमित्त नायकहरू पाउँछन जो उनीहरूको अन्तर्वार्ता, छलफलमा सहभागी हुन काम लाग्छन् । तर, यसले न सडक नै सफा भएको हुन्छ न मान्छेको फोहोर गर्ने प्रवृति नै । प्रगति भने यस्ता अभियानमा संलग्नहरूको परिचयमा गुरुता थप्ने काम मात्र हुन्छ । उनीहरूलाई कतै मानसम्मान, पुरस्कार आदिको चाँजो पनि मिल्न सक्छ । तर, अर्को पल्ट बढार्न फोहोर सडक सहज उपलब्ध हुन्छ । अरू त अरू कार्यक्रम गर्दा बढारिएको त्यो फोहोर कता विसर्जन हुन्छ सम्भवतः ती अभियन्तामध्ये धेरैलाई थाहा हुँदैन ।

शहरहरूमा प्लाष्टिक प्रतिबन्ध गर्ने लहर पुरानै हो । यो लहरले अभियन्ता बन्ने थप सम्भावना खोलिदियो । फलस्वरूप धेरै नगरहरूमा प्लाष्टिकमा प्रतिबन्ध लाग्यो । आक्रामक तरिकाले प्लाष्टिक प्रतिबन्ध लागू गरियो, हातमा प्लाष्टिकको झोला देख्ने बित्तिकै त्यसलाई खोसेर च्यातचुत पारियो ।

शहरहरूमा प्लाष्टिक प्रतिबन्ध गर्ने लहर पुरानै हो । यो लहरले अभियन्ता बन्ने थप सम्भावना खोलिदियो । फलस्वरूप धेरै नगरहरूमा प्लाष्टिकमा प्रतिबन्ध लाग्यो । आक्रामक तरिकाले प्लाष्टिक प्रतिबन्ध लागू गरियो, हातमा प्लाष्टिकको झोला देख्ने बित्तिकै त्यसलाई खोसेर च्यातचुत पारियो । यति गरेको वर्षौं भएपछि पनि ती नगरमा पैदा हुने फोहोरमा प्लाष्टिक भेटिन छोडेन । अन्तमा ती नगरहरूमा प्रतिबन्ध नहटाए पनि लागू गराउने निकाय थाक्यो र खुकुलो भयो । किनभने सामान ओसारपसार गर्न प्रयोग गरिने प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि सामान निर्माताले आफ्नो सामान लपेट्न प्रयोग गरेका प्लाष्टिकमा ती निकायहरूको जोड पुगेन ।

ती सामान नै प्रतिबन्ध गर्न सक्ने ल्याकत थिएन । ती सामान प्रतिबन्ध गर्न आयात नै रोक्ने हैसियत नभएपछि नागरिकका हातका झोला खोसेर काम देखाउनुबाहेक अरू बाटो रहेन । मन्दिर, देवस्थल आदिमा टिकट लागू गरेर दर्शन गराउने कामलाई प्रगति मान्नेहरू प्रसस्त छन् । मान्छेले ईश्वर, भगवानप्रति आस्था राख्ने प्रमुख कारण हरितन्नमका पनि ईश्वर हुन् भनेर हो । भगवान वा देवस्थललाई शुल्क लगाएर व्यवस्थापन गरेँ वा प्रगति गरेँ भनेर दम्भ गर्नेहरूले गरेको ईश्वरको यसभन्दा ठूलो अपमान अरू के हुन्छ र ? के ईश्वर उनीहरूको प्रदर्शनीस्थलमा राखेको मनोरञ्जनका साधन हुन् ? उनीहरूको निमित्त धन कमाइदिने औजार हुन् ?

श्री पशुपतिनाथमा सनातन शास्त्रहरूमा ईश्वरका सबैभन्दा प्यारा भनेर भनिने गरेका गरिब, दीनदुःखीहरूलाई धनको घमण्डले गिज्याउँदै हजारौंको टिकट काटेर छिटो दर्शन गर्नेहरूले पुण्यलाभ गर्लान् त ? यस्ता कामले यसको विपरीत आफ्ना चर्च वा मण्डलीका सदस्यहरूको दुःख सुखमा चासो राख्ने इशाईहरूलाई सनातनीभन्दा धेरै श्रेष्ठ बनाउने यी द्रव्यपिचास होइनन् र ? तर यसले मन्दिरको प्रगति भएको देख्ने आँखाहरूको कमी छैन । यो छायाँ प्रगति हो किनभने यसले त्यो देवस्थलका भक्तहरूको आस्था घटाएको छ ।

हिन्दू धर्म वर्तमानमा व्यापार भएको छ । आस्था र धर्मको यो व्यापारीकरणलाई प्रगति भन्नेहरूको बाहुल्य छ । पुराणको आयोजन गरेर अनेकौं संस्था चलेका छन् । ती संस्थाहरूले निर्माणकार्य गरेका छन् कोषको व्यवस्था गरेका छन् । यस्ता व्यावसायिक पुराण भन्नेहरूसँग टोली नै हुन्छन् जो पुराण अवधिमा अभिनय, गायन आदि गर्दछन् । भनाइ अलि अशिष्ट झैँ लाग्न सक्छ तर यस्ता आयोजनहरूले उहिले उहिले तराई क्षेत्रहरूमा लाग्ने गरेका ‘रामलीला’ आदि नौटंकीको झलक दिन्छन् ।

फरक केबल यत्ति हो त्यस्ता नौटंकी कम्पनीहरू आफूले पेटको निमित्त अर्थात कमाइको निमित्त काम गरेको भनेर निर्धक्क स्वीकार्थे । पुराण आयोजकहरू भने यसलाई धर्म गरेको नै भन्न रुचाउँछन्, बरु धर्मको सहाराले चन्दा बटुलेर समाज सेवा गरेको दम्भ पाल्छन् । सनातनमा अरूको देखेर हौसिएर दान गर्नु अधर्म हो भनिएको छ । अझ दानको फुइँ लगाउनु त पाप नै मानिएको छ । भनिन्छ, भरसक दाहिने हातले गरेको दान देब्रे हातलाई पनि थाहा नहोस् ।

यस्तोमा व्यासाशनमा बसेको पण्डितले फलाना दानवीरले यति दान गर्नुभयो भनेर घोषणा गरेर सोबापत लगाई दिएको माला वा हात्तीको सवारी धर्म नै हो त ? अनि अर्काको धार्मिक आस्थालाई हतियार बनाएर संकलन गरेर गरिएको काम प्रगति हो कि छायाँ प्रगति ? किनभने यस अवस्थामा कसैको गुणको मनितो हुँदैन उसको धनको मनितो हुन्छ । अर्थसंकलनको उदेश्य भएकोले ज्यादाभन्दा ज्यादा खर्च गर्नेहरूलाई आकर्षण गर्न फिल्मी धुनमा भजन गाउनुपर्ने हुन्छ, सिनेमामा जस्तै कम्मर हल्लाउनुपर्ने हुन्छ । जुन भजन सुनेर त्यो त्यसमा प्रयोग गरिएको वास्तविक धुनको गीतमा नायक नायिकाको कामवासना जगाउने चेष्टा भएको नृत्य याद आउँछ त्यसले धार्मिक भाव ल्याउँदैन ।

प्रख्यात हुने चाहमा गरिएको अर्को काम हो ‘छाउपडी’ प्रथामा देखाइएको अतिरञ्जित व्यवहार । छाउपडी अहिले जुन रूपमा केही स्थान र समुदायमा देखा परेको छ त्यो सही हो भन्ने अभिप्राय होइन । त्यस्तो कुप्रथामा रूपान्तरण भएको प्रथा सही हुन सक्दैन तर आधुनिक हुने अनि काम गरेको झुटो आत्मसन्तुष्टि लिन यसबारेमा गरिएको अतिरञ्जना भने छायाँ प्रगति नै हो । पश्चिम अझ भनौँ सुदू्रपश्चिमका केही क्षेत्रका बासिन्दामा चलेको यो चलन कसरी र कहिलेदेखि अमानवीय अन्धविश्वास भयो यो अनुसन्धानको विषय नै होला । यो प्रथा पूरा नेपालको होइन, त्यसै स्थानमा पनि बाहिरबाट गएकाले मानेका छैनन् ।

अतिरञ्जनामा र सम्भवतः कुनै विदेशी कथित विकासे संस्थालाई देखाउन यसलाई सनातनकै कालो दागको रूपमा चित्रण गरिएको छ । ‘छाउपडी’ गोठमा केही महिलाले सर्पदंशले ज्यान गुमाउनु पर्‍यो तर यो कुरीतिलाई सुधार या समाप्त गर्न काम गर्नुको साटो जिम्मेवारहरू संसदमा भाषण गर्न थाले । केही अधिकारकर्मी, सञ्चारकर्मीलाई साक्षी राखेर छाउपडी गोठ भत्काउन थाले । के संसदमा सर्पलाई ज्यानमारा घोषणा गर्ने माग गरेर वा छाउपडी गोठ भत्काएर यो कुरीतिमा कुनै प्रहार भयो त ? के मुलुकभरका जाति विशेष र संप्रदाय विशेषलाई तथानाम गरेर छाउपडी छेउ लाग्यो त ? हो अर्कोपल्ट फेरि काम देखाउन, भाषण गर्न मौका दिएर यो कुरीति आफ्नो स्थानमा अटल छ ।

आधारभूत संरचना भत्केकै राखेर धरहरा अनि नगरपालिकैपिच्छे ‘भ्यु टावर’ बन्नु प्रगति देख्नेले भोलि आधारभूत संरचना बनेनन् भन्ने गुनासो गर्ने नैतिक अधिकार राख्दैन । किनभने विकाससँग जोडी लागेको शब्द निर्माण भए पनि हरेक निर्माण विकास होइनन् ।

उनीहरूले भत्काएर आएका गोठहरू फेरि बनाइएका छन् । हाम्रो भलो गर्न आएका थिए भन्नुभन्दा आए दुःख दिए अनि गए भन्छन् । यस्ता कुराहरूमध्ये केहीको मात्र यो चित्रण हो । अलिकति ध्यान दिने हो भने आफू प्रख्यात हुने सजिलो बाटोका रूपमा यस्ता छायाँ प्रगतिको बाढी रोकिएको छैन । यो बाढी रोकिनेवाला छैन । कुनै धार्मिक या सार्वजनिकस्थलमा पसल कवल निर्माण लगातार हुने नै छ, अहिले रानीपोखरी साँघुरो बनाएको उचित देख्नेहरूले भविष्यमा टुँडिखेलमा ‘सपिङ मल’ बनाइएमा अनुचित देख्न पाउँदैन ।

आधारभूत संरचना भत्केकै राखेर धरहरा अनि नगरपालिकैपिच्छे ‘भ्यु टावर’ बन्नु प्रगति देख्नेले भोलि आधारभूत संरचना बनेनन् भन्ने गुनासो गर्ने नैतिक अधिकार राख्दैन । किनभने विकाससँग जोडी लागेको शब्द निर्माण भए पनि हरेक निर्माण विकास होइनन् तर निर्माणमा हुने चलखेल, निर्माण व्यवसायीको चाँदी कटाइले सम्बन्धित सबैको प्रगति भने भएकै हुनसक्छ । भनिन्छ नि पाडो पाए पनि पाडी पाए पनि गोठालालाई बिगौती । साँच्चै काम गर्न नै खोजेको हो भने देखासिकी होइन बुझेर काम गर्नुपर्छ ।

प्लाष्टिकमुक्त घोषणा नगरिएका मुलुकहरूमा जथाभावी फालिएका प्लाष्टिक देखिँदैनन् । पुराण नै नलाएर पनि विगतमा ठूला-ठूला कामको निमित्त रकम उठेको थियो । त्यस रकमले भएका कामहरूले वर्तमानमा पनि उपस्थिति देखाउँदैछन् । मलमूत्र त्याग गर्ने सार्वजनिक शौचालयहरूमा शुल्क तोकेर खुला दिसापिसाब मुक्त जिल्ला घोषणा गर्नु आत्मरति हो । जनचेतना नपैmलाई कुनै पनि स्थान प्लाष्टिकमुक्त हुनै सक्दैन । त्यसै गरेर छाउपडीमा अनेक कुरा थपिएर कुरीति बनेको कोट्याएर त्यो कुरीति हटाउने चेतना नफैलाई गोठ भत्काएर केही हुँदैन तर यी सबै काम गर्न मिहिनेत लाग्छ, निरन्तर लगनशील हुनुपर्छ । एकछिन्को अभियान चलाएर अभियन्ता बन्ने अवसर यस काममा हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?