चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । चलचित्र 'खजुरे ब्रो'को पहिलो गीत 'लभ गर्ने मान्छे' सार्वजनिक भएकाे छ ।

राजधानीमा एक कार्यक्रम गर्दै सिनेमाले 'लभ गर्ने मान्छे' बोलको गीत सार्वजनिक गरेको हो ।

भट्टीको सेटिङमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा सिनेमाका प्रमुख पात्र खजुरे बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर्ड छन् ।

सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ । गीतमा संगीतकार अनमोल र अनुपम गुरुङको स्वर रहेको छ ।

वैशाख २८ गते रिलिज हुने सिनेमाका लेखक/निर्देशक सुरज सुनुवार हुन् ।

सिनेमामा नीति, रेयर तथा महेशका अलावा नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायतको अभिनय रहेको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा शिशिर विशंखेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ । अनमोल गुरुङ सिनेमाका संगीतकार हुन् । सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्‌ले वितरण गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?